+

युरोपा लिगमा चेल्सीको लगातार दोस्रो जित

२०७५ असोज  १९ गते ७:४० २०७५ असोज १९ गते ७:४०
युरोपा लिगमा चेल्सीको लगातार दोस्रो जित

१९ असोज, काठमाडौं । युरोपा लिग फुटबलअन्तर्गत समूह एलमा रहेको इंग्लिस क्लब चेल्सीले हंगेरीको मोल भिडी एफसीलाई पराजित गरेको छ ।

बिहीबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले मोल भिडीलाई १–० गोलले पराजित गर्दै समूह चरणमा लगातार जित निकालेको हो । चेल्सीको जितमा अल्भारो मोरटाले गोल गरे ।

पहिलो हाफसम्म मोल भिडीले उत्कृष्ट प्रदर्शन गर्दै चेल्सीलाई बराबरीमा रोकेको थियो । एकपछि अर्को आक्रमक खेल खेलेको चेल्सीको एट्याकिङलाई मोल भिडीका खेलाडीले विफल बनाएका थिए ।

मोल भिडीले दोस्रो हाफमा भने चेल्सीलाई रोक्न सकेन । खेलको ७० औं मिनेटमा मोरटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि चेल्सीले खेल १–० गोलले जितेको हो ।

यो समूहको अर्को खेलमा ग्रिसको पिएओकेले बेलारुसको बाटे बेरिसोभलाई ४–१ गोलअन्तरले पराजित गरेको छ ।

समूह एलमा रहेको चेल्सीको चेल्सीले २ खेलबाट ६ अंक भएको छ । त्यस्तै, पिएओकेले ३ अंक जोड्दा बेरिसोभको पनि ३ अंक नै रहेको छ । यता, मोल भिडी भने अंक विहीन रहेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय