Comments Add Comment

प्रेमीले लगाइदिएको औठी बारे परमिताको स्पष्टिकरण

नायिका परमिता आर एल राणाले आफ्नो २५ औं जन्मदिन मनाउने क्रममा उनका प्रेमी हिसी लोसांगले उनलाई औठी लगाइदिएका थिए । औठी लगाउने क्रममा परमिता भावूक बनेकी थिइन् ।

परमिताले इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमा एक जना व्यक्तिले उनलाई -‘के तिमी इन्गेजमेन्ट गर्दैछौ ?’ भनेर सोधेका थिए । बिहिबार केही नेपाली मिडियामा परमिताले इन्गेजमेन्ट गरेको खबर समेत सार्वजनिक भएका थिए । अनलाइनखबरले यो बिषयमा परमितासग वुझ्न खोज्दा, उनीसग फोन सम्पर्क हुन सकेको थिएन ।

उनै, परमिताले प्रेमीले लगाइदिएको औठी इन्गेजमेन्टको नभएर आफ्नो जन्मदिनको गिफ्ट भएको बताएकी छिन् । फेसबुकमा स्पष्टिकरण लेख्दै उनले अहिले नै आफूले इन्गेजमेन्ट नगरेको स्पष्ट पारेकी हुन् ।

नेपाली चलचित्रमा पछिल्लो समयमा राम्रै चर्चा पाइरहेकी परमिता नायक आयुष्मान देशराजसगको प्रेमबाट अलग भएपछि हिसीको प्रेममा छिन् ।

 

बर्थ डेमा परमितालाई प्रेमीले लगाइदिए औठी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment