+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

मेला महोत्सवबाट सीमापारीकालाई पोस्ने काम भयो : मुख्यमन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १९ गते १८:१५

१९ असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंंकर पोखरेलले मेला महोत्सवमा नेपालका भन्दा भारतीय व्यापारीहरुलाई बढी फाइदा भएको भन्द यसलाई रोक्नुपर्ने बताएका छन् ।

बुटवलमा तेस्रो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सीमापारीबाट वस्तु आयात गरी सहरमा नै बिक्री गर्ने परिपाटी बढेको बताएका हुन् ।

मेला महोत्सवका नाममा सीमा पारीका उद्योगी व्यापारीलाई पोस्ने काम भएको भन्दै उनले भने ‘जनतालाई मनोरञ्जनका नाममा आकर्षण पैदा गरेर छिमेकी देशका उद्योगीलाई पोसिएको छ, यसलाई रोक्नुपर्छ ।’

ग्रामीण क्षेत्रका जनताहरुको आर्थिक स्थर माथि उठ्ने गरी व्यापार व्यवसायलाई जोड्नुपर्ने उनको भनाइ छ । पोखरेलले बुटवलमा पूर्वपश्चिम र सिद्धार्थ राजमार्गले जोडिएपछि मानिसहरुको संख्या बढी भएर कुरुप र अव्यवस्थित बन्दै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?