२३ असोज, डडेल्धुरा । बझाङको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।
बागथलाबाट बिजगडा जाँदै गरेको से १ ज ७२६ नम्बरको जीप मंगलबार बिहान ६ः३० बजे बुङ्गल नगरपालिकाकाे ठिमीबगर भन्ने ठाउँमा दुर्घटना भएको हो । जीपमा चालकसहित १४ जना सवार थिए ।
जिल्ला प्रहरी कार्यालय, बझाङका डीएसपी प्रवीण धितालले दुर्घटनाको पुष्टि गर्दै कञ्चनपुर बेदकोट–५ बस्ने ५६ वर्षीय धनबहादुर बोहरा र ६५ वर्षीया विष्नादेवी बोहोराको ज्यान गएको जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरेर उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
जीप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण नखुलेको र यसबारे अनुसन्धान भइरहेको डीएसपी धितालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4