+
+
Shares

पर्सामा स्वचालित पेस्तोलसहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते १३:३३

२४ असोज, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले पटेर्वासुगौली गाउँपालिका १ बस्ने २५ वर्षका मनोज पासवानलाई पक्राउ गरेको हो ।

सादा पोशाकमा खटिएको प्रहरी टोलीले पर्साको पर्टेर्वासुगौली गाउँपालिका ४, फरदवा भलुवाही खोलाको बगरमा चेकजाँच गर्ने क्रममा उनको साथबाट स्वचालित पेस्तोल बरामद गरेको हो ।

सुगौलीगाँउदेखि निचुटा तर्फ पैदल हिडिरहेका उनीमाथि शंका लागेपछि शरीर खानतलासी गर्दा मेड इन युएसए लेखिएको स्वचालित पेस्तोल र त्यसमा लाग्ने एउटा खाली म्यागजिन फेला परेको डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

हतियारसहित पक्राउ परेका उनलाईर् जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?