+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

एनआईबीएल माष्टरकार्ड सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते २०:१७

२४ असोज, काठमाडौं । नेपाट इन्भेष्टमेन्ट बैंकले माष्टर डेबिट कार्ड सञ्चालनमा आएको छ ।  बैंकले बुधबार राधाजनीमा विशेष कार्यक्रमको आयोजना गरी माष्टर डेबिट कार्ड सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।

बैंकले मास्टर कार्डसँगको सहकार्यमा डेबिट मास्टरकार्ड सञ्चालनमा ल्याएको हो । मास्टर कार्डसँगै सहकार्य गर्न पाएकोमा खुसी लागेको भन्दै बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले आफ्नो सञ्जालबाट कार्डलाई विशेष परिचालन गरिने बताए ।

मास्टर कार्डका दक्षिण एशियाली आर्थिक व्यवस्थापनका उपाध्यक्ष विकास बर्माले नेपालमा पछिल्लो समय विद्युतिय भुक्तानीमा देखिएको विकासक्रमको प्रशंसा गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी लागेको बताए ।

बैंकले आन्तिरिक तथा बाहृय बजारलाई लक्षित गर्दै दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको जनाएको ।  स्थानीय कार्ड नेपाल लगायत भारतमा समेत प्रयोग गर्न सकिने छ भने अन्तर्राष्ट्रिय कार्ड विश्वभर प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?