Comments Add Comment

साथीकै सहयोगमा १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार

२५ असोज मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा १३ वर्षीया बालिका साथीकै सहयोगमा बलात्कृत भएकी छन् ।

स्थानीय एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका साथीको जन्मदिन मनाउन जाँदा दुई जनाबाट बलात्कृत भएकी हुन् ।

बलात्कार आरोपमा प्रहरीले पीडितकी साथी १५ वर्षीया अर्की बालिकासहित पथरी शनिश्चरे–१ का २२ वर्षीय मनोज राई र वडा नम्बर ९ का २३ वर्षीय राजकुमार माझीलाई पक्राउ गरेको छ ।

उनीहरूमाथि करणी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङका डिएसपी निशान थापाले अनलाइनखबरलाई बताए ।

मन्दिर अगाडि लगेर रातभर बलात्कार

पीडित बालिकाकी साथीले मंगलबार दिउँसो आफ्नो जन्मदिन मनाउन भन्दै १३ वर्षीया बालिकालाई वस्तीभन्दा टाढा जंगलमा रहेको मन्दिरसम्म लगेकी थिइन् ।

घरमा काम गर्ने बालिका राति अवेरसम्म नफर्किएपछि खोजी गरिदिन आग्रह गर्दै संरक्षकले प्रहरीलाई खबर गरेका थिए ।

एक्कासि भोलिपल्ट बिहान ५ बजे उनी घर नजिकै बिछिप्त अवस्थामा भेटिएकी थिइन् । र, आफूमाथि बलात्कार भएको बताएकी थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकालाई जंगलमा लगेर घरेलु मादकपदार्थ ‘निगार’ खुवाएर बलात्कार गरेको देखिएको छ । प्रहरीले बालिकाको मेडिकल जाँच गर्ने काम थालेको छ ।

थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment