+
+
Shares

मनाङ मर्स्याङ्दी क्लबलाई सिग्नेचरको प्रायोजन

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २५ गते २०:४९

२५ असोज, काठमाडौं ।  मनाङ मस्र्याङ्दी क्लबलाई सिग्नेचरले मुख्य प्रायोजन गरेको छ। घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङलाई प्रिमियम ह्विस्की ब्रान्ड सिग्नेचरले बिहिबार एक कार्यक्रममार्फत २५ लाख रूपैयाँ बराबरको प्रायोजन सम्झौता गरेको हो।

मनाङका अध्यक्ष मुखिया कान्छा गुरूङ र नेपाल लिक्वर्स प्रालिका कार्यकारी अध्यक्ष राजेशवीर सिंह तुलाधारले बिहिबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

यो सँगै अब क्लबको नाम सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब हुनेछ। र क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदा सिग्नेचर अंकित जर्स प्रयोग गर्नुपर्नेछ।

डिफेन्डिङ च्याम्पियनसमेत रहेको मनाङले सबैभन्दा बढी ६ पटक ए डिभिजन लिग जितेको छ। यसअघि मनाङलाई लक्ष्मी हुन्डाईले लामो समयसम्म प्रायोजन गरेको थियो।

शुक्रबार ब्रिगेड ब्वाइज क्लबसँग खेल्दै मनाङले लिगको सुरूवात गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?