Comments Add Comment

दशैंमा गरिने यी गल्तीले लाग्नसक्छ है रोग

दशैंमा हामी आ-आफ्नो कामधन्दाबाट विश्राम लिन्छौं । काम, कमाई सबैको तनावबाट मुक्त भएर दशैं मनाईन्छ । आफन्तसँग भेटघाट गरिन्छ, मिठो-मसिनो खाइन्छ, रमाइलो गरिन्छ । भनौं, विन्दस ढंगले चाडको उल्लासमा हराउँछौं ।

तर, यतिबेला हामी आफ्नो स्वास्थ्यको भने उति ख्याल गर्दैनौं । खाने, बस्ने, सुत्ने समय तालिका मिल्दैन । आवश्यकभन्दा बढी खान्छौं । आवश्यक भन्दा कम सुत्छौं । व्यायाम गरिदैन । शारीरिक श्रम गरिदैन । यही कारण त, दशैंको अस्तव्यस्त जीवनशैलीले हामीलाई रोगी बनाउन सक्छ । त्यसैले यसबेला स्वास्थ्यप्रति सर्तक रहँदै दशैं मनाउनुपर्छ ।

– दशैँमा खसी, बंगुर काट्ने, मासुसँगै गेडागुडीको पनि प्रायोग गर्ने गरेको पाइन्छ । यसरी अत्याधिक रुपमा प्रोटिनको मात्रा सेवन गर्दा युरिक एसिड, मिर्गौलामा पत्थरी जस्ता समस्याको जोखिम बढेर जाने गर्छ । मासुको अत्याधिक सेवनबाट जोगिन आवश्यक हुन्छ ।

– दशैँमा प्राय मानिस आफन्त भेटघाटको लागि पनि बढी मात्रामा यात्रा गर्छन् । यस्तो बेला खानामा विशेष ख्याल राख्नुपर्ने हुन्छ । यस्तो वेला बढी मदिरा र मासुको सेवन गर्दा पेटको समस्या बढेर जानुका साथै सुगर पनि मात्रा बढेर जने गर्छ ।

– दशैँमा विहानदेखि वेलुकासम्म मासुमात्र खाने गरेको पनि पाइन्छ । मासुसँगै मदिरा पनि सेवन गरिरहेका हुन्छन् । यसो गर्दा मानिस तत्कालै वेहोस् भने समस्या पनि हुन्छ । यसका साथै कलेजो र मस्तिष्कलाई पनि अल्पकालिन र दीर्घकालिन रुपमा असर पुर्‍याउन जान्छ ।

– दशैँ आएसँगै चिसो पनि विस्तारै बढ्दै गइरहेको छ । यसै पनि दशैँको समयमा भिडभाड बढी हुन्छ । सचेतता नअपनाई त्यस्तो भीडभाडमा हिड्दा विभिन्न भाइरसले आक्रमण गर्ने डर हुन्छ । टन्सीलाइटिस र खोकीको जोखिम पनि त्यत्तिकै मात्रामा हुने गर्छ ।

डा. केदार सेन्चुरी

– बोसोयुक्त मासुको प्रयोग गर्न गर्नु हुँदैन । मसल्सको पार्ट खानुपर्छ । बोसोयुक्त मासु खानको लागि मिठो त हुन्छ । तर, यसले उच्च रक्तचाप र हृदयघातको सम्भावनालाई बढाएर लैजाने काम गर्छ ।

– कब्जीयतको समस्या भएकाहरुले मासुलाई निकै कम मात्रामा प्रयोग गर्नु पर्छ । नत्र समस्या झन् बल्झिएर जान्छ ।

– नुनको कम प्रयोग गर्न आवश्यक हुन्छ । किनकी मासुमा पनि अत्याधिक नुनको मात्रा हुन्छ । बढी मात्रामा नुनको प्रयोग गर्दा मुटु रोगको जोखिम बढेर जान्छ । यसले अन्य शारिरिक समस्या पनि निम्त्याउन सक्छ ।

– खानेकुराको अत्याधिक प्रयोगले अपचको समस्या त हुने नै भयो । झाडा पखाला र विभिन्न जुकाहरुको पनि त्यत्तिकै जोखिम बढेर जाने गर्छ ।

सावधानी

– मासुलाई जहिले पनि डिपि|mजमा राख्न जरुरी हुन्छ । पि|mज नभएको अवस्थामा ताजै मासुको प्रयोग गर्दा राम्रो हुन्छ ।

– मासुमा कुनै प्रकारका गन्ध आएमा प्रयोग गर्नु हुँदैन । किनकी गन्ध आउनु भनेकै कुनै न कुनै संक्रमण छ भन्नेको सूचना हो । सुकाउने हो भने राम्रोसँग सुकेपछि मात्र प्रयोग गर्नुपर्छ ।

– बजारमा मिसावटयुक्त मासु पनि बेचिरहेको हुन सक्छ । त्यसैले यस्तो कुरावाट बच्न जरुरी हुन्छ । आफुले नियमित लिइराख्ने ठाउँबाटै खरिद गर्दा राम्रो हुन्छ ।

– मासुलाई भण्डारण गर्दा विशेष सावधानी अपनाउनुपर्छ । बासी मासु नखाएकै राम्रा हुन्छ ।

– दशैँमा सन्तुलित खानको प्रयोग गर्नुपर्छ । धेरै ठाउँमा खानु छ भने थोरथोरै मात्र प्रयोग गर्नुपर्छ । र, मसला र चिल्लो पिरोको निकै कम प्रयो गरेको राम्रो ।

– कतिपय ठाउँमा कचिला खाने परम्परा हुन्छ । त्यसरी काचै मासु खानु भनेको अत्यन्तै हानिकारक हुन्छ । यसबाट विभिन्न संक्रमण हुनुका साथै अपचको समस्या हुन्छ ।

– बाथका, कलेजो, मधुमेह, युरिक एसिड, मिर्गौला र मुटु रोग जस्तो दिर्घरोगीले खसीको मासु सेवन गर्दा विषेश ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

लेखक वीर अस्पताल आकस्मिक विभागका प्रमुख कन्सल्टेन्ट जनरलिस्ट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment