२८ असोज, काठमाडौं । बाराको सिम्रौनगढ–३ मा ६ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ ।
स्थानीय धनेश्वर यादवका छोरा गोलु भनिने दीपकको अपहरणपछि हत्या भएको हो ।
अपहरणकारीले फिरौती वापत १० लाख रुपैयाँ माग गरेका थिए । तर, फिरौती नदिएपछि हत्या गरेर सार्वजनिक बाँही जंगलमा लाश फ्यालेका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाराकी प्रमुख एसपी मिरा चौधरीका अनुसार घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीय हरेन्द्र कुशवाहा र श्यामसुन्दर बैठा छन् ।
उनीहरुले गत बुधबार राति हात, खुट्टा, बाँधेर धान खेतमा बन्धक बनाएर बालकलाई राखेको उनको भनाइ छ ।
अनुसन्धानका क्रममा ३ दिनपछि बालकको शव भेटिएको हो । थप अनुसन्धान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4