+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
50/2 (7.2)
VS
चितवन राइनोज 2025
0/0
Shares

मानव अधिकार आयोग दशैं विदामा पनि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते १५:३२

२९ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु दशैं, तिहार तथा छठ विदाका दिनमा पनि खुल्ने भएका छन् ।

दशैं तिहार र छठको विदामा दिउँसो ११ देखि २ बजेसम्म कार्यालय खुला रहने आयोगका सचिव वेद भट्टराईले जानकारी दिए ।

आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

विदाको दिनमा पनि आयोगले कार्यालय खोली मानव अधिकार उल्लंघन र ज्यादतीका उजुरीहरु लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिको घटनामा आकस्मिक अनुगमन समेत गर्ने सचिव भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?