+
+
Shares

दशैंको यात्राः छोटो दुरीमा पनि कम छैन सकस

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ३० गते ९:१०

३० असोज, काठमाडौं । दशैंमा घर जाने रहर जति हुन्छ, यार्वजनिक यातायातको यात्रा त्यति नै कष्टपूर्ण हुन्छ ।

सिण्डिकेट अन्त्य भएको भनिएपनि सार्वजनिक यातायातको अवस्थामा सुधार आएको छैन । लामो दुरीको यात्रामा जानेहरुको अगि्रम टिकट बुकिङ छ तर, घन्टौं जाममा पर्ने खतरा हुन्छ ।

तर, छोटो दुरीको यात्राको समस्या आफ्नै छ । छोटो दुरीका रुटहरुमा ठूला बस कम छन्, साना गाडीहरु हाइस, सुमोहरु धेरै छन् । अग्रिम टिकट बुकिङको साटो नाम टिकेर राख्ने उनीहरु कुनै पनि बेला ‘गाडी आउने भयो, आइहाल्नुस्’ भनेर दौडाउँछन् ।

न भाडाको कुनै टुंगो छ । नियमित रुपमा ४/५ सय रुपैयाँमा हुने यात्राका लागि हजार रुपैयाँसम्म असुलेका छन् ।

आइतबार कोटेश्वर क्षेत्रमा यात्रा यस्तै छोटो दुरीका यात्रुहरुको ठूलो भीड नै थियो । दशैंको सार्वजनिक विदा सुरु भएकाले यात्रुहरु झिटिगुण्टा बोकेर पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?