Comments Add Comment

फ्रान्सले जर्मनीलाई हरायो, ग्रिजम्यान चम्किए

काठमाडौं । एन्टोनी ग्रिजम्यानको दुई गोलको मदतमा विश्व विजेता फ्रान्सले जर्मनीलाई हराएको छ ।

नेसन्स कपमा मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई २–१ ले हराएको हो ।

खेलमा अग्रता भने जर्मनीले लिएको थियो । १४ औं मिनेटमा टोनी क्रुजको पेनाल्टी गोलमा जर्मनीले अग्रता लिएको थियो ।

दोस्रो हाफमा फ्रान्स खेलमा फर्कियो । ६२ औं मिनेटमा ग्रिजम्यानले बराबरी गोल गरे भने ८० औं मिनेटमा उनले नै पेनाल्टीमा गोल गर्दै जित दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment