+
+
Shares

सुसाइड नोट लेखेर सप्तकोशीमा बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ४ गते १२:५०

४ कात्तिक, उदयपुर । उदयपुर बेलका नगरपालिका- ४ का एक व्यक्ति सुसाइड नोट लेखेर सप्तकोशी नदिमा बेपत्ता भएका छन् । नेकपाका स्थानीय नेता गणेश बस्नेतलाई सम्वोधन गरेर सुसाइड नोट लेखेर वेलका-४ घर भएका ५२ वषर्ीया ज्ञानेन्द्र आचार्य शनिबार साझ सप्तकोशी नदीबाट वेपत्ता भएको वडाध्यक्ष दीपक दंगालले जानकारी दिए ।

शनिबार रातिबाट वेपत्ता भएका आचार्यको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नविन सिंहले जानकारी दिए । प्रहरी निरीक्षक सिंहका अनुसार आचार्यले शनिबार राति उदयपुरको वेलका नगरपालिका ८स्थित कोशी पुलबाट हाम फालेका केही स्थानीयले देखेका थिए ।

नेकपाका कार्यकर्ता समेत रहेका आचार्यले साविकको नेकपा एमालेका तत्कालीन गाउँ कमिटी अध्यक्ष बस्नेतलाई सम्बोधन गर्दै आफूले लामो समय पार्टीमा काम गरेर र आफूले संसार छाड्न भन्दै आफू मरेर गए पनि पार्टीप्रतिको आस्था कहिल्यै नटुट्ने पत्रमा उल्लेख गरेका छन् ।

सप्तकोशी किनारमा सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याप, डुँडखोला, इलाका प्रहरी कार्यालय, रामपुर तथा स्थानीयले खोजी कार्य तीव्र पारेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?