Comments Add Comment

युएईले अष्ट्रेलियालाई दियो ११८ रनको लक्ष्य

५ कात्तिक, काठमाडौं । ऐतिहासिक टि-ट्वान्टी क्रिकेट खेलमा युएईले अष्ट्रेलियालाई ११८ रनको लक्ष्य दिएको छ ।

अबुधावीस्थित शिख जायद रंगशालामा घरेलु टिम युएईले अष्ट्रेलियालाई ११८ रनको सामान्य लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११७ रन बनाउन सक्यो ।

युएईका लागि सैमन अनवरले ४१ रन बनाए । त्यस्तै, सम्मानजनक स्कोर बनाउन युएईका लागि मोहम्मद नभिदले महत्वपूर्ण भूमिका खेले । उनी २७ रनमा अविजित रहे । उनले मात्र १३ बलमा २ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, युएईका लागि रमिज शाहजादले २२ र चिराग सुरीले १३ रन बनाए ।

युएईले सुरुवाती समयमै कप्तान रोहन मुस्तफा र अश्फाक अहमदलाई शून्य रनमा गुमाएको थियो । १७ रन हुदा तेस्रो विकेट गुमाएको युएईका लागि सैमनले राहत दिएका थिए ।

यता, अष्ट्रेलियका लागि नाथम काउल्टर नाइल र विल्ली स्टांलकले समान २-२ विकेट लिए ।

युएईले अष्ट्रेलियासँग खेल्न लागेको यो पहिलो पटक हो । क्रिकेटको पावर हाउस मानिने अष्ट्रेलियासँग आफ्नै घरेलु भूमिमा एक दिवसीय मान्यता प्राप्त राष्ट्र युएईले खेल्ने अवसर पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment