+
+
WC Series
पोखरा एभेन्जर्स 2025
31/2 (4.6)
VS
९० बलमा १३५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

फेसबुक र टि्वटरमा बहस : शीतलनिवासमा को-को निहुरिए ? (तस्वीरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ५ गते २१:४५

५ कात्तिक, काठमाडौं । दशैंको टीका सकिनासाथ सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भएको छ ।

तस्वीरमा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली राष्ट्रपति विद्यादेवी भण्डारीका सामु दशैंको टीका थाप्न दुबै घुँडा टेकेर खडा भएका छन् । र, यो तस्वीरलाई लिएर गणतन्त्रमा पनि राजतन्त्रकालीन अवशेष देखा परेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

गोपाल पराजुलीले राष्ट्रपतिसामु घुँडा टेकेको तस्वीर सामाजिक सञ्जालमा देखेपछि यसप्रति आलोचनामात्रै भएको छैन, कसैले यो दृश्यको बचाउसमेत गर्न खोजेका छन् ।

नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले लामो फेसबुक स्टाटस लेख्दै यो तस्वीरको बचाउ गरेका छन् । थापाले भनेका छन्-‘राष्ट्रपतिज्यूलाई यसरी विवादमा तान्ने परम्पराको अभ्यास गराउने को हो ? नागरिक हैसियतको यसरी हुर्मत लिने गरी राष्ट्र प्रमुखलाई विवादित बनाउने रवैया मान्य हुन सक्दैन ।’

सामाजिक सञ्जालमा दुईथरि बहस

दशैंमा शीतलनिवासमा आयोजना गरिएको टीका ग्रहण कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा दुईथरि विचारहरु आएका छन् । अधिकांश मानिसहरुले गणतन्त्रमा पनि राजतन्त्रमा जस्तै संस्कार देखिएको तर्क गरेका छन् । देशमा परिस्थिति बदलिए पनि मनस्थिति नबदलिएको बहुसंख्यक मानिसहरुको तर्क छ ।

तर, केहीले चाहिँ हाम्रो परम्परा र संस्कारलाई गलत अर्थ लगाउन नहुने र टीका लगाउँदा झुकेको आधारमा राष्ट्राध्यक्षको ‘मानमर्दन’ गर्न नहुने जिकिर गरेको देखिन्छ ।

आखिर शीतलनिवासमा टीका ग्रहण गर्दा देखिएका यस्ता दृश्यले के संकेत गर्छन् ? यो हामीले अवलम्वन गर्नुपर्ने संस्कृति भित्रैको कुरो हो या विकृति हो ? के यो दृश्य राजतन्त्रकालीन समयलाई सम्झाउनेखालकै हो त ? यसबारे अहिले सामाजिक सञ्जालमा जुन बहस भइरहेको छ, यसले पक्कै पनि चाडपर्वप्रति राज्यले अवलम्वन गर्ने नीतिबारे समीक्षा गर्नुपर्ने ठाउँमा हामी सबैलाई पुर्‍याएको देखिन्छ । यो समीक्षाले निश्चय नै एउटा उचित निश्कर्ष निकाल्ने छ ।

गोपाल पराजुलीले घुँडा टेकेको तस्वीरमा नेकपा नेता सूर्य थापाको स्टाटसमाथि बरिष्ठ पत्रकार तीर्थ कोइरालाको प्रतिक्रिया यस्तो छ- ‘आदर गरेका मानिससँग टीका लगाउनु स्वाभाविक हो । कतिपय पदीय मर्यादा र बाध्यता पनि हुन्छन् । तर, यसमा राष्ट्रपति निवासको व्यवस्थापन र सल्लाहकारको ध्यान नपुगेको प्रष्ट देखियो ।’

पत्रकार कोइरालाले भनेजस्तै शीतलनिवासमा टीका लगाउने क्रममा दुईखाले व्यवस्थापन देखिएको थियो । केही आगन्तुकलाई कुर्सीमा राखेर टीका लगाइएको थियो भने केहीलाई कुर्सीको व्यवस्था नभएकाले उनीहरु झुक्न बाध्य बनेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्रीहरुलाई कुर्सीमा राखिएको थियो, तर वामदेव गौतम, प्रहरी प्रमुखलगायतका व्यक्तिहरुलाई कुर्सीको प्रवन्ध नहुँदा उनीहरु पूरै झुक्नुपरेको तस्वीरमा देख्न सकिन्छ ।

को-को निहुरिए ?

राष्ट्रपतिका हातबाट टीका ग्रहण गर्ने क्रममा घुँडा टेकेर निहुरिने व्यक्ति पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली एक्ला व्यक्ति होइनन् ।

टीकाको दिन अनलाइनखबरले खिचेका केही तस्वीरहरु हेर्दाखेरि त्यहाँ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि घुँडा टेकेर टीका ग्रहण गरेको देखिन्छ । पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्री पनि त्यसैगरी प्रस्तुत भएको देखिन्छ ।

त्यसैगरी निकै अग्लो कदका नेकपा नेता वामदेव गौतम पनि धनुष्टंकार आकारमा निहुरिन बाध्य बनेको देखिन्छ । तर, प्रधानमन्त्री, मन्त्री र मन्त्रीका परिवारजन चाहिँ आरामले कुर्सीमा बसेर टीका थापेको दृश्य तस्वीरमा देख्न सकिन्छ ।

हेर्नुहोस् केही तस्वीर

 

तस्वीरहरु- विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?