Comments Add Comment

इस्कोलाई रोनाल्डोको जवाफ : धेरै राम्रो, तिमी रुनु पनि हुँदैन

६ कात्तिक, काठमाडौं । ला लिगामा खराब स्थितिमा गुज्रिरहेको रियल मड्रिड ९ खेलमा ४ जित, ३ बराबरी र २ हारका साथ सातौं स्थानमा छ । धेरैले यसको कारण विशेष त क्लबमा ‘गोल मेसिन’ क्रिष्टियानो रोनाल्डो नहुनु मानेका छन् ।

यसबारे रोनाल्डो र इस्कोबीच जुहारी नै चलेको छ । च्याम्पियन्स लिगमा मंगलबार राति हुने खेलका लागि भएको पत्रकार सम्मेलनमा उनीहरुले प्रतिक्रिया दिएका हुन् ।

रोनाल्डोबारे सोधिएको प्रश्नमा इस्कोले क्लबमा जो छैन, त्यसको बारेमा आफूहरुले नसोच्ने बताएका छन् । उनले भनेका छन्, ‘मैले ड्यानी कार्भाजल, ग्यारथ बेललाई सम्झिरहेको छु । क्लबभन्दा बाहिरबाट सुधारको अपेक्षा हामी गर्दैनौं ।’

‘रियल मड्रिडमा एकसे एक राम्रा खेलाडीहरु छन् । यसैले जो हाम्रो क्लबमा बस्न चाहेन, उसलाई सम्झेर हामी आँसु झार्दैनौं’ इस्कोले पूर्वटिममेट रोनाल्डोलाई लक्षित गर्दै भने ।

त्यसको केही घन्टामा रोनाल्डोले जवाफ दिएका छन् । ‘धेरै राम्रो, धेरै राम्रो । तिमी रुनु पनि हुँदैन’ इस्कोको भनाइमा जवाफ दिँदै रोनाल्डोले भनेका छन् । उनले बितेका कुरालाई सम्झेर कसैले पनि रुन आवश्यक नरहेको पनि बताए ।

च्याम्पियन्स लिगमा नेपाली समयअनुसार मंगलबार राति पौने १ बजे युभेन्टसले म्यानचेस्टर युनाइटेडसँग र रियल मडि्रडले प्लेजनसँग खेल्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment