+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दुई वर्षभित्र नेपालीको औसत आयु ७३ वर्ष पुर्‍याइने

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ६ गते १५:२२

६ कात्तिक, काठमाडौं । नेपालीको सरदर आयु २०७७ सालसम्म ७३ वर्ष पुर्‍याउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ ।

राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण तय गरिएको छ । प्रतिवेदनमा विसं २०७३ मा आयु ६९ वर्ष रहेको जनाइएको छ ।

पछिल्लो समय नवजातशिशु, बालस्वास्थ्य तथा मातृस्वास्थ्यका क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेका कारण आयुमा वृद्धि भएको बताइएको छ । साथै नसर्ने रोग (मुटु, मिर्गौला, अर्बुदरोगलगायत) रोग उपचारमा केही आर्थिक सहयोगसमेत प्रदान गरिएको छ ।

प्रतिवेदनले विसं २०७७ सम्म मातृमृत्युदर (प्रतिलाख जीवित जन्म) २३९ बाट १२५, पाँच वर्षमुनिका बालमृत्यु (प्रतिहजार जीवित जन्म) ३९ बाट २६, नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्म) २३ बाट १७ जनामा झार्ने लक्ष्यसमेत निर्धारण गरेको छ ।

संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक अधिकारमा व्यवस्था गरेको छ । प्रतिवेदनमा स्वास्थ्य संस्थामार्फत प्रसूति सेवा प्राप्त गर्ने महिलाको प्रतिशत ५७ बाट ७२ पुर्‍याइने र सीपयुक्त स्वास्थ्यकर्मीद्वारा प्रसूति सेवा प्राप्त गर्ने महिलाको सङ्ख्या ५८ बाट ७२ प्रतिशत पुर्‍याइने लक्ष्यसमेत निर्धारण गरिएको छ ।

नेपालमा नवजात शिशु तथा प्रसूति सेवा निःशुल्क छ । आमा सुरक्षा कार्यक्रममार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई यातायात खर्चसमेत दिँदै आएको छ ।

अर्कातर्फ नयाँ एचआईभी सङ्क्रमित वार्षिक सङ्ख्या हालको ८०१ बाट ७१० जनामा झार्ने तथा पहिचान भएका क्षयरोगीमध्ये उपचारको सफलता ९० प्रतिशत पुर्‍याइने पनि तय गरिएको छ ।

प्रतिवेदनले स्वास्थ्य नीत, रणनीति तथा बीमा ऐनको प्रभावकारी कार्यान्वयन गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउन जरुरी रहेको औँल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?