Comments Add Comment

भन्सार छलेर ल्याएको सामान सशस्त्र प्रहरीको नियन्त्रणमा

६ कात्तिक, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगन्ज भन्सार क्षेत्रबाट ठूलो परिमाणमा भन्सार छलीको कपडा, हार्डवेयर, किराना लगायतका समान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल वीरगञ्ज भन्सार सुरक्षा बेस क्याम्पसको सशस्त्र प्रहरीको टोलीले भन्सार छली अवैध रुपमा नेपाल भित्र्याई रहेको अन्दाजी ३ लाख २७ हजार ५ सय ८५ रुपैयाँ मुल्य बराबरको कपडा तथा किराना पसलका सामानहरु बरामद गरेको हो ।

भन्सार छलिको समान ल्याउन प्रयोग गरिएकोे दुईवटा मोटरसाइकल समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपडा, किराना, हार्डवेयर लगायत किराना सामानहरु ओसार पसार गर्न प्रयोग गरिएको बि.आर. ९ जी. ४५४६ नम्बरको बोलेरो, बि.आर. २२ के. २२६२ तथा ना. १६ प. ९९७३ नम्बरको भारतीय तथा नेपाली नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरीले चोरी पैठारी गरी नेपालबाट भारत तर्फ लैजान लागेको मरिच पनि बरामद गरेको छ । तेस्रो मुलुक भियतनामबाट नेपाल भित्र्याइएको मरिच पछिल्लो समयमा सीमा क्षेत्रमा भण्डारण गर्ने र भरियामार्फत भारत तर्फ तस्करी गर्ने कार्य अहिले तिब्र रुपमा बढेको छ ।

बरामद गरिएको कपडा, हार्डवेयर एवं किरानाका समान, मरिच तथा तस्करीका लागि प्रयोग गरिएका मोटरसाइकल आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले जानकारी दिए ।

त्यस्तै सशस्त्र प्रहरीले नेपाल प्रवेश प्रज्ञापनपत्र नवीकरण नगरी अवैध रुपमा नेपालमा चलाइरहेको भारतीय बोलेरो जीप नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं १६ वीरगञ्ज भन्सार कार्यालय मुल गेेट एरियाबाट बिआर ९ जी ४५४६ नम्बरको बोलेरो जीप नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment