Comments Add Comment

पश्चिम नवलपरासीमा आलु व्यापारीको हत्या

६ कात्तिक, नवलपरासी । पश्चिम नवलपरासीमा एक जना आलु व्यापारीको हत्या भएको छ ।

प्रतापपुर गाउँपालिका ४ बर्दघाट पुल नजिकको बगैचामा सोमबार राति पाल्हीनन्दन गाउँपालिका १ का गणेश सहनीको हत्या भएको हो । उनको शव पोष्टमाटर्मका लागि पृथ्वी चन्द्र अस्पताल परासी राखिएको छ ।

रातिको समयमा हत्या भएको र मंगलबार दिउँसोमात्र जानकारी पाएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केदार बस्नेतले बताए । बस्नेतका अनुसार सहनीको टाउकोमा धारिलो हतियारको आक्रमणबाट गम्भीर चोट दिएको छ ।

उनीसंगै रहेका भनिएका अर्का एक जना नवलपरासीकै पाल्ही नन्दन ३ निवासी ३६ बर्षीय नर्देश्वर चौहान घाइते छन् । उनको पृथ्वीचन्द्र अस्पतालमा उपचार पछि घर फर्किएको प्रहरी निरीक्षक बस्नेतले बताए ।

हत्यामा संलग्नको पहिचान हुन नसकेको प्रहरीले बताएको छ । घाइते चौहानले भने आफूहरुसंग पुरानो रिसइवी रहेका एक जना व्यापारीले रातिको समयमा पुलमा बोलाएर केही पर लगेर आक्रमण गरेको जनाएका छन् । तथापि घटनाको अनुसन्धान भइरहेकोले केही भन्न नसकिने निरीक्षक बस्नेतले बताए ।

घाइते चौहान दिउँसो होसमा आएपछि गाउँमा गएर उनले गाउँलेलाई घटनाको बारेमा जानकारी गराएका थिए । आक्रमणबाट घाइते भई आफू रातभर बेहोस भएको चौहानले प्रहरीलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment