७ कात्तिक, काठमाडौं । ललितपुरको खोकनाका खेतहरु धान पाकेर पहेंलपुर देखिन्छन् । मुठी रोपेर उब्जेकाे यही धान भित्र्याउन व्यस्त छन् यतिबेला खोकनाबासी ।
दशैंको व्यस्तता सकिएलगत्तै खोकनाबासीलाई धान भित्राउन भ्याइनभ्याइ छ । पसिनाको फल भित्राउन पाउँदाको खुसी बेग्लै छ, उनीहरुमा ।
धान भित्र्याउन पाउँदाको खुसीसँगै अर्को चिन्ता पनि छ– अर्को वर्ष यसैगरी मुठी रोपेर मानो उब्जाउन पाइने हो कि होइन । बन्दै गरेको बाहिरी चक्रपथले कतिपयको खेत मासिने भएकाले खोकनाका किसानमा चिन्ता बढेको हो ।
ललितपुरमा १५.८० किलोमिटर, काठमाडौंमा ३५.०८ किलोमिटर र भक्तपुरमा २१.०५ किलोमिटर रहने गरी आठ लेनको बाहिरी चक्रपथ निर्माण गरिँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4