+

म्यानचेस्टर युनाइटेड हारको मुख्य कारण : बोनुची र किलिनी

२०७५ कात्तिक  ७ गते १३:११ २०७५ कात्तिक ७ गते १३:११
म्यानचेस्टर युनाइटेड हारको मुख्य कारण :  बोनुची र किलिनी

७ कात्तिक, काठमाडौं । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोस मोउरिन्होले युभेन्टसका डिफेन्डर लियोनार्दो बोनुची र जर्जियो किलिनीलाई डिफेन्स कसरी गर्ने भन्ने पढाउन हार्भर्ड विश्वविद्यालयमा पठाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।

च्याम्पियन्स लिगमा मंगलबार राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड इटालियन क्लब युभेन्टससँग १-० ले पराजित भएपछि प्रशिक्षक मोउरिन्होले यस्तो बताएका हुन् । युभेन्टसको जितमा पाउलो डिबालाले खेलको १७ औं मिनेटमा गोल गरे पनि मुख्य श्रेय डिफेन्डरलाई जाने मोउरिन्होको विचार छ ।

‘बोनुची र किलिनी सेन्ट्रल डिफेन्डर कसरी बन्ने भन्ने पढाउन हार्भर्ड विश्वविद्यालय पठाउनुपर्छ’ खेलपछि मोउरिन्होले भने ।

‘फुटबल सबैतिर उत्कृष्ट नै छ । मैले उत्कृष्ट फुटबल भनेर सिर्जनात्मक खेल देखाउने खेलाडीलाई मात्रै भन्न खोजेको होइन । किलिनी र बोनुचीजस्तो हेर्दा पनि रमाइलो लाग्ने खेलाडीको कुरा गरेको छु ।’

मोउरिन्होको भनाइअनुसार ३१ वर्षका बोनुची र ३४ वर्षका किलिनी प्राध्यापक र म्यानचेस्टर युनाइटेडका खेलाडी विद्यार्थी हुन् त ? उनको भनाइलाई पुष्टि गर्न केही तथ्य छन् ।

बोनुची र किलिनीलाई बिट गरेर पूरा खेलमा म्यानचेस्टर युनाइटेडका खेलाडीले एक सट मात्रै पोस्टमा प्रहार गर्न सकेका थिए ।

गोलका लागि म्यानचेस्टर युनाइटेडले पूरा खेलमा ६ सट मात्रै हान्न सकेको थियो । जसमा दुई सट पोस्टको दिशामा थिए ।

किलिनीले गरेका ट्याकल शतप्रतिशत सही भएका थिए । जुन मैदानमा भएका सबै खेलाडीको भन्दा उत्कृष्ट हो ।

खेलमा ३९ प्रतिशत समय मात्रै म्यानचेस्टर युनाइटेडले बलमा नियन्त्रण बनाउन सकेको थियो । युभेन्टसले ६ कर्नर प्रहार गर्दा म्यानचेस्टर युनाइटेडले २ कर्नर मात्रै पाएको थियो ।

च्याम्पियन्स लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय