+
+
Shares

सुधारियो सेयर बजार, २३ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ७ गते १७:१६

७ कात्तिक, काठमाडौं । दुई दिनदेखि लगातार ओरालो लागेको सेयर बजारमा बुधाबार भने सुधार देखिएको छ । बुधबार सेयर बजारमा ८ दशमलव ०९ अंकको सुधार देखिएको हो ।

यस अघि सोमबार र मंगलबार नै सेयर बजार ओरालो लागेको थियो । बुधबार भने सेयर बजारका सबै समूह हरियाली देखिएका छन् । सर्वाधिक कमाउनेमा होटल समूहका लगानीकर्ताहरु देखिएका छन् । होटल समूह आज एकैदिन ७० दशमलव ६९ अंकले उकालो लागेको छ ।

८ दशमलव ०९ अंकको सुधार देखिदा नेप्से परिसूचक १ हजार २ सय ४९ दशमलव ९३ को विन्दुमा पुगेको छ । नेप्से परिसूचकसागै बुधबार कारोबार रकममा समेत सुधार देखिएको छ ।

दिनभर भएका ३ हजार ७ सय ५० वटा कारोबारबाट ८ लाख ९१ हजार ६ सय ९ कित्ता विभिन्न कम्पनीका सेयर खरिदबिक्री भएका छन् । जस अनुसार कारोबार रकम २३ करोड २८ लाख ९० हजार ५ सय ९ रुपैयाा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?