+

लोफ्टसको ह्याट्रिक गोलमा चेल्सीको लगातार तेस्रो जित

२०७५ कात्तिक  ९ गते ७:१४ २०७५ कात्तिक ९ गते ७:१४
लोफ्टसको ह्याट्रिक गोलमा चेल्सीको लगातार तेस्रो जित

९ कात्तिक, काठमाडौं । चेल्सीले युरोपा लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ ।

युरोपा लिगको समूह एलअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा बाटे बोरिसोभलाई चेल्सीले ३–१ गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा लोफ्टस चेकले ह्याट्रिक गोल गरे । उनकै तीन गोलमा चेल्सीले बाते बोरिसोभलाई सहजरुपमा पराजित गरेको हो । यता बाटे बोरिसोभका लागि रियोसले गोल गरेका थिए ।

खेलको दोस्रो मिनेटमा गोल गर्दै लोफ्टसले चेल्सीलाई अग्रता दिलाएका थिए । खेलको आठौं मिनेटमा लोफ्टसले ब्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई दोब्बर अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २–० गोलले अघि रहेको चेल्सीले दोस्रो हाफमा थप १ गोल गर्दा बाटे बोरिसोभले पनि एक गोल फर्काउन सफल भएको थियो । खेलको ५३ औ मिनेटमा लोफ्टसले ब्यक्तिगत तीन गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

खेलको ७९ औ मिनेटमा बाटे बोरिसोभका लागि रियोसले गोल फर्काएपनि चेल्सीलाई रोक्नको लागि पर्याप्त भएन ।

जितसँगै समूह एलमा रहेको चेल्सीले लगातार तीन खेलमा जित हात पार्दै ९ अंक बनाएको छ । पराजित बाटे बोरिसोभको भने ३ खेलबाट ३ अंक मात्रै रहेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय