+

यू-१९ महिला फुटबलमा नेपालले भारतलाई हरायो

२०७५ कात्तिक  ९ गते १६:४२ २०७५ कात्तिक ९ गते १६:४२
यू-१९ महिला फुटबलमा नेपालले भारतलाई हरायो

२७ असोज, काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले भारतलाई हराएको छ ।

शुक्रबार थाइल्याण्डमा भएको खेलमा नेपालले भारतलाई २-० गोल अन्तरले हराएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर, दोस्रो हाफमा नेपाली चेलीहरु दुई गोल गर्न सफल भए । ५९ औं मिनेटमा रेखा पौडेलले नेपाललाई अग्रता दिलाइन् भने निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी छँदै रेखाले नै दोस्रो गोल गर्दै जित सुनिश्चित गरिन् ।

प्रतियोगितामा नेपालको यो पहिलो जित पनि हो । पहिलो खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग ३-० ले हारेको थियो । आइतबार पाकिस्तानसँग खेल्नेछ ।

समूह बीमा नेपालसँगै थाइल्याण्ड, भारत, सिंगापुर र पाकिस्तान छन् ।

फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय