+
+
Shares

काभ्रेमा सवारी दुर्घटना, डीआईजीसहित तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १० गते २०:०९

१० कात्तिक, काभ्रे । मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डीआईजीसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो । दुर्घटनामा परी डीआईजी सुशील भण्डारी, रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको छ ।

भण्डारीको धुलिखेल समुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीन जनाको धुलिखेलमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?