+

लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

२०७५ कात्तिक  ११ गते ८:१४ २०७५ कात्तिक ११ गते ८:१४
लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

११ कात्तिक, काठमाडौं । कार्डिफ सिटीलाई फराकिलो अन्तरले हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले कार्डिफ सिटीलाई ४–१ ले हरायो ।

१० खेलबाट २६ अंक जोडेको लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी २३ अंकसहित दोस्रो स्थानमा छ ।

लिभरपुलको जितमा साडियो मानेले दुई गोल गरे । खेलको १० औं मिनेटमा नै मोहम्मद सलाहको गोलबाट लिभरपुलले अग्रता लिएको थियो ।

६६ औं मिनेटमा साडियो मानेले लिभरपुलका लागि दोस्रो गोल गरेर अग्रता दोब्बर पारे । त्यसको १० मिनेटमै कार्डिफ सिटीका लागि प्याटरसनले एक गोल फर्काए । यतिबेला खेल दुई–एकको स्थितिमा थियो । तर ८४ औं मिनेटमा शाकिरी र ८७ औं मिनेटमा पुनः मानेले थप एक–एक गोल गरेपछि लिभरपुल ४–१ ले विजयी भयो ।

प्रिमियर लिगका अन्य खेलमा वाडफोर्ड, बोर्नमाउथ, ब्राइटन विजयी भएका छन् । लेष्टर सिटी र वेष्टह्याम तथा न्यूक्यासल र साउथ ह्याम्प्टनले बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रिमियर लिगमा आज तीन खेल हुँदैछन् । चेल्सी र बर्न्ले, आर्सनल र क्रिस्टल प्यालेस तथा म्यानचेस्टर युनाइटेड र एभर्टन आज आमनेसामने हुँदैछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय