+
+
Shares

तनहुँमा सवारी दुर्घटनामा परी तीन महिनामा १६ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ११ गते १९:११

११ कात्तिक, दमाैली ।  चालु आर्थिक वर्षको तीन महिनामा तनहुँमा भएका सवारीसाधन दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।

चालु आवको साउन, भदौ, असोज र कात्तिक ९ गतेसम्मका अवधिमा भएका सवारी दुर्घटनामा परी १० पुरुष, पाँच महिला र एक बालकको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी ८५ जना घाइते भएकामध्ये ४७ गम्भीर र ३८ सामान्य घाइते भएका थिए । साउन र भदौमा चार चार, असोजमा ६ तथा कात्तिक ९ गतेसम्म दुई जनाले ज्यान गुमाएका छन् ।

उक्त अवधिमा ६ ट्रक, १६ बस, तीन माइक्रोबस, आठ जीप, एक ट्र्याक्टर र २१ मोटरसाइकल दुर्घटनामा परेका छन् । ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर क्षेत्रीका अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्न पैदलयात्री, सवारी चालक, यातायात व्यवसायी र विद्यालयका विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी चेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?