+
+

प्रधानमन्त्री ओलीलाई भेट्न शिक्षण अस्पताल पुगे प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते ९:०५

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा अध्यक्ष प्रचण्ड शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । ओलीलाई सोमबार बिहानपख अस्पताल भर्ना गरिएको थियो ।

प्रचण्डले ओली र उनको उपचारमा संलग्नलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलका अनुसार ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका थिए । ओलीलाई भेटेर प्रचण्ड पार्टी कार्यालय धुम्बाराहीमा पुगेका थिए ।

प्रधानमन्त्री ओलीको छातिमा समस्या भएपछि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन मुटुरोग केन्द्रमा राखेर उपचार जारी राखिएको छ ।

अस्पतालले सोमबार बिहान पत्रकार सम्मेलन गरेर ओलीको स्वास्थ्यबारे जानकारी दिँदै छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओली टिचिङ अस्पताल भर्ना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?