Comments Add Comment

गोल्डेन एजको संवेदनशिलता, यसकारण आवश्यक छ यौनशिक्षा

किशोरावस्था, जसलाई हामी ‘गोल्डेन एज’ भन्छौं । जीवनको सवैभन्दा जोशिलो र रसिलो मात्र होइन, संवेदनसिल चरण पनि हो यो ।

संवेदनसिल यसकारण कि, यही चरणमा पुगेपछि शारीरिक तथा मानसिक उथलपुथल आउन थाल्छ । यौनाङ्गको विकासदेखि भावनात्मक चञ्चलता बढ्ने समय यही हो । त्यसैले त यतिबेला उनीहरु बढी बहकिन्छन् । मस्तिष्कले भन्दा बढी मनले काम गर्छन् ।

सामन्यत दश बर्ष पार गरेपछि किशोरावस्थामा प्रवेश गर्छन् । तर, ग्लोबल वार्मिङ र उन्नत खानपानको कारण अहिलेका बालबालिकाहरु अलि चाडै किशोर चरणमा पुग्न थालेको पाइन्छ । यसले उनीहरु मानिसक र शारीरिक विकासमा केही असन्तुलन पनि देखिएको छ ।

भनिहाल्यौं, किशोरावस्था भनेको वहकिने उमेर पनि हो । उनीहरु सही र गलतबीचको फरक छुट्याउन सक्दैनन् । र, अरुका वहकाउमा लाग्छन् । जसले गर्दा यौनजन्य हिंसाको शिकार हुने गर्छन् ।

परिणामस्वरुप, उनीहरुलाई यतिसम्म पनि थाहा हुँदैन कि आफुहरुको साथमा के भएको थियो ?

किशोरावस्थामा हुनसक्ने यौनजन्य हिंसा, बलात्कारका घटना तथा अनिच्छित गर्भधारणा जस्ता  समस्या कम गर्नका लागि पनि किशोरकिशोरीहरुलाई १०-१२ वर्षको उमेरदेखि नै घरमा आमाले तथा स्कुलमा शिक्षिकाहरुले यौन शिक्षाका बारेमा आवश्यक जानकारी दिन आवश्यक छ ।

किनकी  पछिल्लो समय जुन किसिमको तथ्यांक सावर्वजनिक भएको छ त्यसमा के देखिएको छ भने बलात्कार लगायत यौनजन्य हिंसाका शिकार हुनेमा कम उमेरका बालबालिका नै सबैभन्दा धेरै छन् । र, उनीहरुलाई यौनजन्य हिंसा गर्नेमा पनि अरु कोही नभएर उनीहरुको नजिकको आफन्त, छरछिमेकी तथा साथीभाइ नै अंग्रपक्तिमा रहने गरेका छन् ।

यसको रोकथामका लागि पनि बालबालिकालाई सुरुबाटै यौनिकता तथा यौन सम्बन्धबारे जानकारी दिन तथा मानिसहरुले कसरी यसबाट फाइदा लिन्छन् भन्नेबारे बताउन आवश्यक छ । साथै गुड टच र  व्याड टचबारे जानकारी दिन आवश्यक छ । ताकी कुनै घटना घटिहाले किशोरीहरुले उक्त घटनाको जानकारी समय छँदै आमा तथा घर परिवारलाई सदस्यलाई बताउन सकुन र समय रहँदै उनीहरुको सहायता गर्न सकियोस् ।

शारीरीक सम्बन्धबारे आवश्यक जानकारी

सावधानीपूर्वक शारीरीक सम्बन्ध राखेमा यौन रोग तथा एड्स हुनसक्दछ । र , स्वास्थ्यमा गम्भीर समस्या निम्तिन सक्छ ।

यस्ता समस्याबाट बच्नका लागि युवायुवतीहरुलाई बेलामै गर्भनिरोधक चक्कीको प्रयोगबारे उचित जानकारी दिन जरुरी छ । साथै, कुन अवस्थामा , किन र कसरी त्यसको प्रयोग गर्ने भन्नेबारे आवश्यक जानकारी दिन जरुरी छ ।  त्यस्तै, उनीहरुलाई परिवार नियोजनका साधन तथा कन्डमबारे आवश्यक जानकारी पनि दिन जरुरी छ । यसको लागि छात्रछात्रालाई विद्यालयस्तरबारै यौन शिक्षा सेक्स एजुकेशन) उपलब्ध गराउन जरुरी छ ।

किनकी आजकल बलात्कारको शिकार हुने किशोरीहरु कि त कलिलै उमेरमा आमा बन्ने गर्छन् कि त आत्महत्या गरेर प्राण त्याग्ने गर्छन् ।

जबकी अलिहे बजारमा यस्ता औषधीहरु पनि सजिलै खरीद गर्न सकिन्छ, जसले अनिच्छित गर्भ रहनबाट रोक्ने गर्छ । तर त्यस्ता औषधीहरुको प्रयोग गर्नु पूर्व चिकित्सकससित परार्मश गर्न अनिवायर्र छ । र, उनीहरुको सल्लाह अनुसार नै उचित औषधी सेवन गर्न जरुरी छ ।

महिनावारीमा डराउनु हुँदैन

किशोरावस्थामा महिनावारीलाई लिएर ठूलो समस्या उत्पन्न हुने गर्दछ । किशोरावस्थामा१२ देखि १५वर्षको उमेरमा महिनावारी हुने गर्छ । तर कहिलेकाही खानपानमा पोषणयुक्त तत्वको कमी, आणवंशिक रोग, गर्भाशय सम्बन्धि समस्या,   क्षय रोग, रक्तअल्पत्रा जस्ता समस्याका कारण केही किशोरीहरुमा महिनावारी ढिलो सुरु हुन्छ । र, महिनावारी ढिला हुनुको कारण चिकित्सकले मात्र बताउन सक्ने हुदाँ  समयमै महिनावारी नभएमा चिकित्सकको सल्लाह अनिवार्य छ ।

किनकी कहिलेकाही महिनावारी सुरु नहुँदै पनि किशोरीहरु गर्भवती हुन सक्दछन् । विशेषगरी गर्भावस्थाको लागि शरीर तयारर रहेमा महिनावारी नभएपनि गर्भ रहन सक्ने हुदाँ महिनावारी नहुँदैमा गर्भ रहँदैन भन्नु गलत हो ।

कहिलेकाही महिनावारी समयमै भएर पनि अन्य किसिमको समस्या उत्पन्न हुने गर्दछ । जसका कारण महिनावारी समयमै सुरु भएपनि केही महिना रोकिन सक्छ । सुरुवाती चरणमा यो प्रकृया सामान्य हुने गर्छ । तर फेरी केही महिनाका लागि रोकिने गर्छ ।  बारम्बार यस किसिमको समस्या दोहरिएमा तुरुन्तै चिकित्सकसित परार्मश गर्नुपर्छ ।

त्यतिमात्र हैन, कहिलेकाही महिनावारी समयमै सुरु हुन्छ । र रक्तश्राव पनि हुन्छ ।  तर अत्याधिक रक्तश्रावका कारण शरीरमा हेमोग्लोविनको कमी भई किशोरीहरुको शारीरीक विकासमै अवरोध पुग्ने गर्छ ।

तर यहाँ समस्याको कुरा के छ भने यस्ता समस्याका बाबजुद मानिसहरु चिकित्सकका जान डराउँछन् , उनीहरु सोच्छन्, अविवाहित महिलाको अंग जाँच गर्नाले उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्दछ । जसले गर्दा उसको वैवाहिक  सम्बन्धमा समेत असर पर्न सक्छ । जबकी अहिले अल्ट्रासाउण्ड लगायतका अन्य जाँचद्धारा पनि विना विना कुनै हानी नोक्सानी शरीरको परीक्षण प्रभावकारी रुपमा  गर्न सकिन्छ ।

समय अनुकुल लुगा छान्ने

किशोरावस्थामा शरीरमा विभिन्न परिवर्तनहरु देखा पर्ने गर्छ । त्यसैले, यो अवस्थामा सुतीको भित्रीवस्त्रको छनोट गर्न जरुरी छ । अन्यथा कसिलो वस्त्रले  शरीरको विभिन्न अंगको वृद्धिविकासमा अवरोध पुर्‍याउन सक्छ ।

यसका साथै किशोरावस्थामा शरीरलाई पोषणयुक्त आहारको पनि उत्तिकै धेरै आवश्यकता पर्छ । त्यसैले यस उमेरमा शरीरको आवश्यकता अनुसार पौष्टिक तत्वयुक्त आहार सेवन गर्नुका साथै जंकफुडबाट टाढा रहन आवश्यक छ ।

शरीरलाई फिट राख्नको लागि पनि नियमित एक्सरसाइजका साथमा शरीरको सरसफाई आवश्यक छ ।

अन्यथा शरीरका गोप्य अंगहरुमा फंगल संक्रमण हुने सम्भावना उच्च हुने गर्छ ।

जरुरी जानकारी

-रुबेला, चिकनपक्स, टिटानस, हेपाटाइटिस तथा पोलियो विरुद्धको खोप स्कुल जाने उमेरमा लगाउनु पर्छ ।

-युवावस्थामा शरीरको विकास तिव्र गतिमा हुने भएकोले यो बेला पोषणयुक्त खाना खान जरुरी हुन्छ ।

-गर्भधारणा गर्नबाट कसरी बच्ने भन्नेबारे जानकारी गराउन आवश्यक छ ।

-किशोरावस्थामा महिनावारीको समयमा अ त्याधिक रक्तश्रावका कारण रक्तअल्पत्रा हुने सम्भावना धेरै उच्च हुनसक्छ । त्यसैले यसबारे बेलामै सर्तक हुन आवश्यक छ ।

-यस उमेरमा छाला सम्बन्धि विभिन्न समस्या हुनसक्छ ।

-यस उमेरमा पढाईको बोझका साथमा नयाँ साथीहरुलाई लिएर पनि केही समस्या उत्पन्न हुनसक्छ । यस्ता समस्यालाई पनि आपसी छलफलद्धारा कम गर्न सकिने हुदाँ यसतर्फ पनि उचित ध्यान दिन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment