+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्वतः स्थायी गर्न माग गर्दै करार कर्मचारीको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते १५:३५

१२ कात्तिक, काठमाडौं । अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्वतः स्थायी गर्न सरकारलाई दवाव दिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि सोमबार पनि १ घण्टा धर्ना दिँदै उनीहरुले स्वतहः स्थायी गर्न सरकारलाई दवाव दिएका हुन । २० वर्षसम्म सरकारी सेवा गरेका आफूहरुको माग सम्बोधन नगरे सरकार विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका उपाध्यक्ष कुमार राउतले चेतावनी दिए ।

उनले सरकारले आफूहरुको माग सम्बोधन गर्न चासो नदिएको भन्दै आक्रोश पनि व्यक्त गरे । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापन पत्र बुझाउन गएका संघका पदाधिकारीलाई मन्त्री पण्डितले भेट नदिएपछि संघले धर्नासहितको दवाव अभियान सुरु गरेको हो ।

अस्थायी, करार तथा ज्यालादारीमा काम गरिरहेका कर्मचारीहरुले स्वतः स्थायी गर्ने आफूहरुको माग सम्बोधन गर्नुको साटो सरकारले स्वच्छिक अवकाशको प्रस्ताव ल्याएकोमा आपत्ति जनाउँदै आइतबारदेखि दैनिक एक घण्टा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिन सुरु गरेका छन् ।

उनीहरुले आफूहरुको माग सम्बोधन नभए छठपछिदेखि देशभर आन्दोलनको कडा कार्यक्रम संचालन गर्ने घोषणा पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?