+
+
Shares

भक्तपुरमा अपाङ्ग बालिका बलात्कारको आरोपमा दुई वृद्ध पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते २०:२५

१२ कात्तिक, काठमाडौं । भक्तपुरको चाँगुनारायण–४, संगम टोलमा फरक क्षमता भएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

स्थानीय दुई वृद्धले उनीमाथि सामूहिक बलात्कार गरेको हुन् । महागनरीय प्रहरी परिसर, भक्तपुरले बलात्कारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

परिसरका डिएसपी रेवतीरमण पोखरेलका अनुसार पक्राउ पर्नेमा स्थानीय ७० वर्षीया श्यामबहादुर मिजार र घेटेरो सार्की छन् ।

उनीहरुलाई पक्राउ गरी जिल्ला अदातल, भक्तपुरबाट करणी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?