+
+
Shares

लैनचौरमा माइक्रोबस र मोटरसाइकल ठोक्किए, १ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १३ गते ९:४१

१३ कात्तिक, काठमाडौं । काठमाडौंको लैनचौरस्थित खानी विभाग अगाडिको सडकमा माइक्रोबस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान ६ बजे बा २ ख २०६८ नम्बरको माइक्रो बस र बा ६४ प ९२८४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक नवाकोट बस्ने अन्दाजी ३० वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते तामाङको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोह्रखुट्टे बस्ने सुरज थापा घाइते छन् । उनको पनि ट्रमा सेन्टरमा नै उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न सवारी साधनसहित माइक्रो चालकलाई महानगरीय प्रहरी वृत दरबारमार्गले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?