+
+
Shares

त्रिभुवन विमानस्थलबाट अवैध १ लाख २६ हजार डलरसहित एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १३ गते १३:४६

१३ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागिएको अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राहदानी नम्बर इडि ४८२९४७८ बाहक इर्सा छन् । उनलार्इ सोमबार विमानस्थल प्रहरीले १ लाख २६ हजार ४ बराबरको अमेरिक डलरसहित पक्राउ गरेको हो ।

काठमाडौंबाट चीनको गन्जाउ जान लागेको उनलाई डिपार्चर एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लगेजभित्र लुकाएर राखेर लाँदै गर्दा डलर फेला परेको थियो ।

थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?