Comments Add Comment

पीपीएल लाइभः चितवनले धनगढीलाई दियो १९४ रनको लक्ष्य

१४ कात्तिक, पोखरा । पोखरा प्रिमियर लिग क्रिकेटमा चितवन राइनोजले धनगढी ब्लूजलाई १९४ रनको लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनायो । उसको सुरुवात निकै राम्रो रह्यो । अनिलकुमार साह र हरिशंकर साहले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गरे ।

हरिशंकरले ५३ रन बनाए । अनिल ३७ रनमा आउट भए । सन्नी पटेल २६ रनमा अविजित रहँदा समिट पटेलले २४ रन जोडे । कप्तान पारस खड्काले १९ रन बनाए ।

हेर्नुहोस् भिडियो लाइभ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment