+
+

मोदीले अनावरण गरे सरदार पटेलको प्रतिमा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते १५:३३

१४ कात्तिक, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार वल्लभ भाइ पटेलको प्रतिमा अनावरण गरेका छन् ।

‘स्ट्याटु अफ युनिटी’नाम दिइएको यो मूर्ति १८२ मिटर अग्लो छ, जुन विश्वकै सबैभन्दा अग्लो प्रतिमासमेत हो ।

नर्मदा नदीको किनारमा यो मूर्ति बनाउन ३ हजार करोड भारु खर्च भएको छ ।

गुजरातमा जन्मिएका सरदार वल्लभ भाइ पटेलले भारतको स्वतन्त्रता आन्दोलनमा ठूलो भूमिका निर्वाह गरेका थिए । मोदी गुजरातको मुख्यमन्त्री भएका बेला यो मूर्ति बनाउन घोषणा गरेका थिए ।

भारतीय जनता पार्टीले पछिल्लो समय सरदार वल्लभ भाइ पटेललाई ‘हिन्दू राष्ट्रवादी नेता’का रुपमा परिचित गराउन खोजेको छ । साथै कांग्रेसमाथि उनको कद घटाउन लागेको आरोप लगाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?