Comments Add Comment

शरीरमा २२ लाख लुकाएर ल्याउँदै गर्दा पक्राउ

१६ कात्तिक, काठमाडौं । प्रहरीले स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले रकमसहित नेपालगञ्ज उपमहानगरपालिका–४, सल्यानीवाग बस्ने ३६ वर्षीय मोहम्मद हसीव सिद्दिकीलाई पक्राउ गरेको हो ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६४७७ नम्बरको बसमा सवार उनी चेकजाँचको क्रममा शंकास्पद रुपमा भेटिएका थिए । त्यसक्रममा खानतलासी गर्दा उनले शरीरमा लुकाएको अवस्थामा रकम बरामद भएको नागढुंगाका डिएसपी कुमारविक्रम थापाले बताए ।

उनलाई प्रहरी निरीक्षक केशवराज भट्टको नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment