+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

नयाँ शक्तिको निश्कर्षः सरकार पूर्णरुपमा असफल

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १६ गते २०:११

१६ कात्तिक, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको १५ औं संघीय कमिटीको पूर्ण बैठकले जनताको पक्षमा काम गर्न पूर्णरुपमा असफल भएको निश्कर्ष निकाल्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको हो ।

निर्मला पन्तको हत्यारालाई कार्वाही गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेकालगायतका कारण सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गर्नुपरेको पार्टीका संयोजक डा. भट्टराईले बताए ।

बैठकले तत्काल संविधान संशोधन गर्न पनि सरकारसँग माग गरेको छ । राज्य पुनसर्ंरचना गर्न र मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजान संविधान संशोधन गर्न सरकारसँग माग गरिएको पनि संयोजक भट्टराईले जानकारी दिए ।

नयाँ शक्ति पार्टी, नेपालले बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्नुपर्ने लगायतका विषयमा सरकारलाई दवाव दिन माग १५ गतेदेखि फागुन १५ गतेसम्म राष्ट्रव्यापी जागरण अभियान पनि संचालन गर्ने निर्णय गरेको छ ।

राष्ट्र र जनताको पक्षमा जनमत सृजना गर्न सो जागरण अभियान संचालन गर्न लागिएको पनि संयोजक भट्टराईले बताए ।

यसैबीच, नयाँ शक्ति पार्टी, नेपालले शुक्रबार अपरान्ह काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गर्दै निर्मला पन्तको हत्यारालाई अभिलम्ब पक्राउ गरी कडा कार्वाही गर्न पनि सरकारलाई पुनः दवाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?