Comments Add Comment

‘तिहारमा फूलको अभाव हुँदैन’

१७ कात्तिक, काठमाडौं । फ्लोरिकल्चर एशोसियसनले यस वर्षको तिहारका लागि चाहिने आवश्यक फूल स्वदेशी उत्पादनबाटै पुग्ने जनाएको छ । तिहारमा अत्यधिक प्रयोग हुने गोदावरी, सयपत्री र मखमली फुलको व्यवसायिक उत्पादन बढ्दै गएको भन्दै एशोसियसनले अघिल्लो वर्ष जस्तो यस वर्ष फूल आयात गर्नु नपर्ने दाबी गरेको हो ।

यद्यपि ग्रामीण तहमा उत्पादन भएका फूललाई बजारसम्म ल्याउने कठिनाईका कारण केही मात्रामा भने आयात गर्नुपर्ने हुनसक्ने एशोसियसनले जनाएको छ । पछिल्ला बर्षमा गोदावरी फूलको व्यवसायीक विकास र विस्तार हुँदै गएकाले अब तिहारका लागि आवश्यक फुल स्वदेशी उत्पादनले नै धान्न सक्ने एशोसियसनका उपाध्यक्ष शिव बहादुर खड्काले बताए ।

आर्थिक बर्ष २०७४/७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएकोे छ भने २ करोड बढीको निर्यात भएको छ । समग्रमा पुष्प व्यवसायको वाषिर्क वृद्धिदर १० देखि १५Ü को हाराहारीमा रहेको एशोसियसनले जनाएको छ ।

पछिल्लो समय ६ सय ९७ पुष्प व्यवसायीले पुष्प व्यवसाय गरिरहेका छन्् भने ४३ जिल्लामा व्यवसायिक पुष्प खेती बिस्तार भईसकेको छ । एसोसियसनले आर्थिक बर्ष २०७४/७५ मा १ अर्व ८६ करोड बढीको कारोबार भएको जनाएको छ ।

मुलुकभर गरी १ सय ५५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ । पुष्प व्यवसायमा ४३ हजार ५ सय बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको एसोसियसनले जनाएको छ ।

यसैबीच ललितपुरको जावलाखेल खेल मैदानमा गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबर्द्धन गर्ने उदेश्य साथ प्रतियोगितात्मक प्रदर्शनी भइरहेको छ । गत विहिबार देखि जारी प्रर्दशनीमा गोदावरी फूलका विभिन्न प्रजातिका साथै मखमली, सयपत्री, बगानवेली, धुपी लगायत झण्डै ५ सय प्रकारका फूल राखिएको छ ।

फूलका पारखीहरुले मेला अवलोकन गरी विभिन्न जातका फूलहरु किनिरहेका देखिन्छन् । अवलोकनकर्ताहरु फूलै फूलले सजिएको मेलामा फोटो खिच्न पनि व्यस्थ देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment