+
+
Shares

समिरमानकी श्रीमती पक्राउ प्रकरणः तीन गोलीकाण्डमा हतियार दिएको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १८ गते १३:३७

१८ कात्तिक, काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमती माया शेरचन पक्राउ परेकी छन् ।

यसअघि महाशाखाले पक्राउ गरेको बस्न्यात समूहका सुटर उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीको बयानका आधारमा शेरचनलाई पक्राउ गरिएको हो ।

महाशाखाको विशेष प्रहरी टोलीले शेरचनलाई आइतबार स्वयम्भुको ठूलो भर्‍याङ क्षेत्रबाट मायालार्इ पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले पुष्टि गरे ।

स्रोतका अनुसार यसअघि पक्राउ परेका ३ जनाले मायाले नै आफूहरुलाई हतियार दिएको बयान दिएका थिए ।

महाशाखा स्रोत भन्छ, ‘बुटवलका युवा संघका नेता दुर्गा तिवारी, गौचन र गुन्डा नाइके दावा लामामाथि भएको गोली प्रहारको घटनामा प्रयोग भएको पेस्तोल मायाले उपलब्ध गराएको बयानपछि उनलाई पक्राउ गरेका हौं ।’

तीन वटै गोलीकाण्डमा ९ एमएमको पेस्तोल प्रयोग भएको थियो । उनीहरुले बयानमा घटनामा प्रयोग भएको पेस्तोल दरबारको भएको दाबी गरेका थिए ।

‘उनीहरुले समिरको बुबा पहिले दरबारको माली भएको बताउँदै पेस्तोल दरबारको भएको दाबी गरेका छन्’, स्रोतले भन्यो, ‘त्यस विषयमा अब मायाबाट केही खुल्ला ।’

प्रहरीले त्यो पेस्तोल दरबारको हो या होइन भन्ने विषय यकिन गरिसकेको छैन ।

उता, सुटरहरू फरार रहेका वेलामा बस्न्यातले विभिन्न व्यक्तिबाट उनीहरूसम्म रकम पठाउने गरेकाे यसअघि नै खुलासा भइसकेको छ । जुन काममा मायाले समिरलार्इ साथ दिएको प्रहरीको दाबी छ ।

‘कति पटक उनी अाफैंले पनि रकम पठाइदिएको खुलेको छ’, एक अधिकारीले भने ।

यसअघि नख्खु कारागारमा रहेका समिरमान सिंह बस्नेतलाई मुस्ताङ कारागारमा सरुवा गर्दा मायाले प्रहरीले इन्काउन्टर गर्न खोजेको अारोप लगाएकी थिइन् । तर, प्रहरीले भने सिंहले अर्काे हाइप्रोफाइल हत्या याेजना बनाइरहेकाले सरूवा गरिएको दाबी गरेको थियो ।

यद्यपि, बस्न्यात परिवारले षडयन्त्रपूर्वक समिरलार्इ त्यहाँ लगेको भन्दै सर्वाेच्च अदालतमा समेत रिट हालेको थियो । र, हाल समिरलार्इ केन्द्रीय कारागारको गोलघरमा राखिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?