Comments Add Comment

पीपीएलको फाइनल भोलि, चितवन र पोखरा मध्ये उपाधि कसलाई ?

१९ कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको उपाधिका लागि भोलि (मंगलबार) हुँदैछ ।

पोखरा रंगशालामा हुने फाइनल खेलमा उपाधिका लागि पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । दुबै टिम फाइनल जित्दै सर्वाधिक पुरस्कार राशिको पीपीएलको उपाधि आफ्नो पोल्टामा पार्ने लक्ष्यमा रहेका छन् ।

आज विहान साराङकोटमा भएको प्रि-म्याच कन्फ्रेन्समा बोल्दै चितवन राइनोजका कप्तान पारस खड्का र पोखरा पल्टनका कप्तान शरद भेषवाकर दुबैले उपाधि जित्ने आ-आफ्नै दाबी गरे ।

चितवन राइनोज इलिमिनेटर खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यता, पोखरा भने लिग चरणको खेलमा शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । पोखराले लिग चरणको ५ खेलमा ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेको थियो । तर नेट रनरेटको आधारमा पोखरा शीर्ष स्थानमा रहेको थियो ।

त्यस्तै, चितवन र काठमाडौंले पनि ५ खेलमा समान ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेका थिए । चितवन दोस्रो र काठमाडौं तेस्रो हुदै इलिमिनेटरमा स्थान बनाएको थियो ।

पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ ।

प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment