Comments Add Comment

रानीपोखरीबीचको मन्दिर मल्लकालीन ‘ग्रन्थकुट’ शैलीमै बन्ने

२० कात्तिक, काठमाडौं । विज्ञ समूहको अध्ययनका आधारमा रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण ग्रन्थकुट शैलीमा निर्माण हुने भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारीले विगतबाट प्राप्त प्रमाण तथ्य, नागरिकको जनभावना र रानीपोखरी पुनर्निर्माणको अनिश्तिता लगायतलाई ध्यानमा राखेर ग्रन्थकुट शैलीमा नै जान पुरतत्व विभागलाई निर्देशन दिएका छन् ।

यसपछि विभागले आन्तरिक रुपमा अब मन्दिरलाई ग्रन्थकुट शैलीमा पुननिमाएण गर्न छलफल र तयारी गर्दैछ । काठमाडौं महानगरपालिकाले बनाएको पुरातत्व विभागका पूर्वा महानिर्देशक विष्णुराज कार्की संयोजकत्वको विज्ञ समूहले यो मन्दिर ग्रन्थकुट शैलीमा नै बनाउन सिफारिस गरेको थियो । तर, विभागले त्यसलाई स्वीकारेको थिएन । तर, सम्पदा प्रेमीले भने मल्लकालीन शैलीमै बनाउन दबाव दिएका थिए ।

विज्ञ समूहको प्रतिवेदन अनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको कालमा ग्रन्थकुट शैलीमा बनेको पाइएको छ । यसलाई शिखर शैली पनि भनिन्छ ।

प्रसियाका राजकुमार वाल्डेमरले सन् १८४५ को फेब्रुअरीरमार्चमा नेपालको भ्रमण गरेका थिए र उनले आफ्नो यात्रा संस्मरणमा रानीपोखरी -उनकै शब्दमा ‘रानी के ताल’) को तस्वीर पनि समावेश गरेका छन् ।

जंगबहादुर र जुद्ध शम्शेरको पालामा पनि रानीपोखरीको स्वरुपमा हेरफेर भएको पाइएको छ । विज्ञ समूहका सदस्य एवं सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार वि.सं. १८९० को भँइचालोले शिखर शैलीको मन्दिर ढल्यो । पछि जंगबहादुरले गुम्बज शैलीमा बनाए ।

ग्रन्थकुट शैलीको रानीपोखरी

१९९० सालको भूकम्पले फेरि रानीपोखरीमा क्षति भयो । त्यसलाई जुद्ध शम्शेर बनाए तर, गुम्बज शैलीमा केही परिर्वतन गरे । र गुम्बज शैलीमा बनाए ।

जुन शैली १२ बैशाख २०७२ को भूकम्प अघिसम्म कायम थियो ।

सुरुमा काठमाडौं महानगरपालिकाले पुनर्निर्माणको जिम्मा पाएको थियो । तर, कंक्रिट प्रयोग गरेको भन्दै युनेस्कोले विरोध गरेपछि अहिले पुरातत्व विभाग आफैंले बनाइरहेको छ । तर, विवाद भएपछि मन्दिरको पुननिर्माण पनि सुस्त छ ।

विभाग स्रोतका अनुसार ग्रन्थकुटमा जाने निर्णय भएमा भएमा अहिले भइरहेको पुनर्निर्माण रोकेर त्यो संरचनालाई केही सच्याउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment