Comments Add Comment

गाउँगाउँमा साना उद्योग खोल्छौँः मन्त्री भट्ट

२१ कात्तिक, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले जनताको जीवनस्तर उकास्न औद्योगिक विकास आवश्यक रहेको बताएकी छन् ।

बुधबार डडेल्धुरामा आयोजित एक कार्यक्रममा मन्त्री भट्टले सरकारको जनतालाई रोजगारीसँग जोड्ने उद्धेश्य रहेको भन्दै सरकारले गाउँ-गाउँमा साना उद्योग खोल्ने बताइन् ।

ठूला, मझौला उद्योगहरु स्थापन गर्ने तिर पनि सरकारले योजना बताइरहेको उनको भनाइ छ । मन्त्री भट्टले जनतालाई कामसँग जोड्ने उद्धेश्यले गाउँमा भटमास, जुसलगायतका उद्योगहरु संचालन गर्ने बताइन् ।

सुदूरपश्चिम प्रदेशमा पर्यटनका धेरै नै सम्भावनाहरू रहेको उल्लेख गर्दै उनले यहाँको पर्यटन विकासमा सरकार योजनाबद्ध ढंगले काम गरिहरेको उनको दावी छ ।

अहिले छुट्याएको वजेटले धेरै काम नभएपनि सरकारलले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ ।

पहिले पर्यटकीय क्षेत्रको आन्तरिक रुपमा प्रचारप्रसार गर्नु पर्ने भन्दै उनले यस क्षेत्रलाई सबैको आर्कषणको केन्द्रबिन्दु बनाउनको लागि पर्यटन मन्त्रालयबाट योजना बनाइरहेको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment