+

पहिलो टेष्टमा इंग्ल्याण्ड विजयी

२०७५ कात्तिक  २३ गते १८:०४ २०७५ कात्तिक २३ गते १८:०४

काठमाडौं । श्रीलंकाविरुद्धको पहिलो टेष्ट इंग्ल्याण्डले २२१ रनले जितेको छ । यससँगै इंग्ल्याण्डले विदेशी भूमिका जितको खरेडी टारेको छ । उसले पछिल्ला १३ खेल जित्ज सकेको थिएन ।

घरेलु मैदान गालेमा ४६२ रनको लक्ष्य पछ्याएको श्रीलंका २५० रनमै अलआउट भयो । विना विकेटको क्षतिमा बनाएको १५ रनबाट चौथो दिनको खेल थालेको उसका एन्जेलो म्याथुले ५३ रन बनाए पनि अन्य ब्याट्सम्यानले खेल्न सकेनन् ।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा मोइन अलीले ४ विकेट लिए भने ज्याक लिचले तीन विकेट हात पारे ।

पहिलो पारीमा ३४२ रन बनाएको इंग्ल्याण्डले श्रीलंकालाई २०३ रनमा समेट्यो । इंग्ल्याण्डले दोस्रो पारमिा ३२२ रन बनाएपछि पारी समाप्तीको घोषणा गरेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय