Comments Add Comment

सभापतिले ‘म नै विधान हुँ’ भनेजस्तो गर्नु दुःखदः प्रकाशमान

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवामाथि जे मन लाग्यो त्यही गर्दै हिँडेको आरोप लगाएका छन् ।

लौह पुरुष गणेशमान सिहको १०४ औं जन्मजयन्तीको अवसरमा शोभाभगवतिमा आयोजित माल्यार्पण कार्यक्रममा गणेशमान पुत्र समेत रहेका सिंहले पद, प्रतिस्ठा र कुर्सीका लागि जे सुकै गर्न तयार हुने आजको अवस्थामा प्रधानमन्त्री को पद समेत त्याग गर्ने गणेशमानको जीवन मनन गर्न लायक रहेको बताए ।

नेता सिंहले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको बताए । लोकतन्त्र र प्रजातान्त्रिक प्रक्रियाका लागि लडेको कांग्रेस पार्टीभित्र आन्तरिक लोकतन्त्र कस्तो छ भन्ने पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले प्रष्ट पारेको उनले बताए ।

पार्टीको विधान केही होइन, सभापति नै सबैथोक हो भनेजसरी जे मन लाग्यो त्यही गर्दै हिड्नु दुःखद भएको उनले बताए ।

नेता सिंहले भने, ‘विधान अनुसार चल्नुपर्छ । नगरी नहुने कुनै काम भए आवश्यकताअनुसार विधान संशोधन गरौं भन्दा म नै विधान हुँ भनेजसरी सभापतिजी प्रसतुत हुनु अत्यन्तै दुःखद हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment