+
+
Shares

नवलपुरको देवचुलीमा गैंडाको आक्रमणबाट ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २५ गते ८:५२

२५ कात्तिक, कावासोती । नवलपुरको देवचुली नगरपालिकामा गैंडाको आक्रमणबाट ३ जना घाइते भएका छन् । शनिबार दिउँसो गैंडाले आक्रमण गरेको थियो ।

स्थानीय बासिन्दा राजेन्द्र जिसीका अनुसार देवचुली ७ बस्ने ५६ वर्षका गंगाबहादुर सोमै, देवचुली १६ रजहर बजारका ५५ वर्षका दलबहादुर परियार र देवचुली २ का १२ वर्षका बालक शिर्षक भण्डारी घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेज र दलदलेको देवचुली अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको टाउको, कम्मर र खुट्टामा चोट लागेको । उनीहरु सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

गैंडाको आक्रमणबाट एउटा गोरु मरेको छ भने २ वटा कार र एउटा मोटरसाइकलमा क्षति पुगेको छ । बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको बा ७ च ५६५४ नम्बरको कारसहित दुई वटा कार र एउटा मोटरसाइकलमा गैंडाले आक्रमण गरेको थियो ।

गैडाको आक्रमणबाट देवचुली ४ का जितबहादुर सारुको गोरुको मृत्यु भएको स्थानीयबासिन्दाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?