+
+

कम उमेरमै उच्च रक्तचापको बिरामी पर्नुभयो ? के गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २५ गते १६:१२

पछिल्लो समय धेरैलाई युवा अवस्थामै उच्च रक्तचापको समस्या देखिन थालेको छ । जसलाई योङ हाइपरटेन्सन भन्ने गरिन्छ ।

ठूलो समस्याका रुपमा देखा परेको यो रोग बोकेर अस्पताल पुगेका युवालाई चिकित्सकले वास्तविकता बताउदा पनि उनीहरुले विश्वास नगर्ने अवस्था छ ।

के हो योङ हाइपरटेन्सन ?

यो बुझ्नका लागि हामीले रक्तचापबारे जानकारी लिन आवश्यक हुन्छ । रगत पम्प हुने क्रममा मुटुबाट धमनीहरुमा जाने क्रममा जुन चाप उत्पन्न हुन्छ त्यसलाई नै रक्तचाप अर्थात ब्लड प्रेसर भनिन्छ ।

१२०/८० एमएमएचजीभन्दा कम रक्तचापलाई सामान्य मान्ने गरिन्छ । र, रक्तचाप योभन्दा बढी भएमा यसलाई प्री हाइपरटेन्सन भन्ने गरिन्छ । ४० वर्षभन्दा कम उमेरमै रक्तचापको समस्या भएमा त्यसलाई योङ हाइपरटेन्सन भन्ने गरिन्छ ।

डा. भवानी मानन्धर

हाइपरटेन्सनका प्रकार

खासगरि रक्तचापलाई प्राइमरी र सेकेन्डरी हाइपरटेन्सनको रुपमा छुट्टाउने गर्छौँ ।

शरिरमा कुनै प्रकारको रोग नहुँदानहुँदै पनि रक्तचाप बढेको छ भने त्यसलाई प्राइमरी हाइपरटेन्शनको रुपमा लिइन्छ । र, शरीरमा विभिन्न रोग भएको र रक्तचाप त्यसको लक्षणकौ रुपमा मात्र पनि देखिन सक्छ । त्यसलाई सेकेन्डरी होइपरटेन्सन भनिन्छ ।

सेकेन्डरी हाइपरटेन्सनको मुख्य कारण भनेका हाइपरथाइरोइडिज्म, हाइपोथाइरोडिजम, प्याराथाइरोडिजम, फियोक्रोमोसाइटोमा आदि हुन् । थाइराइड ग्रन्थीले बढी वा कम हर्मोन उत्पादन गर्दा पनि सेकेन्डरी हाइपरटेन्सनको समस्या हुन्छ ।

यसकारण हुन्छ योङ हाइपरटेन्सन

प्राय सेकेन्डरी हाइपरटेन्सनको कारणले युवा अवस्थामै रक्त चापको समस्या हुने गर्छ । कहिलेकाँही रोग विना वा कुनै लक्षण नदेखिइकनै पनि योङ हाइपरटेन्सनको समस्या हुन सक्छ ।

खासगरि अव्यवस्थित जीवनशैली, मोटोपना, शारिरिक व्यायामको कमी, चुरोट रक्सीको सेवनलगायतका कारणले युवाहरु हाइपरटेन्सनको समस्याबाट आक्रान्त हुन्छन् ।

योङ हाइपरटेन्सनको कुनै लक्षण नदेखिन पनि सक्छ । अरु कुनै कारणवस परिक्षण गर्दा मात्र रक्तचाप उच्च भएको थाहा लाग्छ । कतिलाई हात काम्ने, पसिना बढी बग्ने, दुव्लाउनेजस्ता समस्या हुन सक्छन् ।

जटिलता
खासगरि बढी उमेरका मानिसले उच्चरक्तचापको समस्यालाई सहजै लिन सक्छन् । युवा अवस्थामा विरामी परेर आउने मानिसले भने हाइपरटेन्सनलाई सजिलै पचाउन गाह्रो भएको अवस्था छ । २६-२७ वर्षका युवकमा पनि यस्तो समस्या देखिइरहेको छ ।

तर, आफुलाई यस्तो प्रकृतिको समस्या छ भनेर स्वयं विश्वास गर्दैनन् । जसको कारण अधिकांश विरामीले औषधी लिनै मानिरहेका हुँदैनन् ।

उनीहरुले मलाई खास केही भएको छैन, हाइपरटेन्सन हुनै सक्दैन, अहिलेबाटै उच्च रक्तचापको औषधी खादिनभन्ने जस्ता धारणा राख्ने गर्छन् । तर, यसको परिणाम हाइपरटेन्सनकै कारण मुटु, मिर्गौला, आँखामा गम्भीर असर पुर्‍याइसकेपछि मात्र अस्पताल आउने गरेका छन् ।

के गर्ने ?

– रक्तचाप उच्च छ भने चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य परिक्षण गर्न आवश्यक हुन्छ । यस्तो अवस्थामा रगत, पिसाव जाँच, इसीजी, इको, रेनल अल्ट्रासाउन्ड, रेनल आर्टिडप्लरजस्ता परिक्षण गर्नुपर्छ ।

– स्वास्थ्य परिक्षणको क्रममा रोगको कारण पत्ता लगाउन सकियो भने उच्च रक्तचापसँगै मुख्य रोगको पनि उपचार गर्नुपर्छ । यदि अरु कुनै रोग पत्ता नलागेको अवस्थामा पनि औषधी भने सेवन गर्न जरुरी हुन्छ ।
– यदि औषधी सेवन गर्न हिच्कीच्याएको अवस्थामा पछि मुटु, मिर्गौला, आँखालगायतमा गम्भीर समस्या उत्पन्न हुन सक्छ ।

– हाइपरटेन्सनको समस्यालाई निर्मुल पार्न औषधीमात्रको सेवनले पुग्दैन । औषधीसँगै स्वस्थ जीवनशैली अपनाउन पनि जरुरी हुन्छ । तौल नियन्त्रणमा राख्न, नुन र चिल्लो, पिरोलाई कम गर्न पनि उत्तिकै आवश्यक छ ।

मुटुरोग विशेषज्ञ मानन्धरसँग गरिएकाे कुराकानीमा अाधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?