+

कम उमेरमै उच्च रक्तचापको बिरामी पर्नुभयो ? के गर्ने ?

२०७५ कात्तिक  २५ गते १६:१२ २०७५ कात्तिक २५ गते १६:१२
कम उमेरमै उच्च रक्तचापको बिरामी पर्नुभयो ? के गर्ने ?

पछिल्लो समय धेरैलाई युवा अवस्थामै उच्च रक्तचापको समस्या देखिन थालेको छ । जसलाई योङ हाइपरटेन्सन भन्ने गरिन्छ ।

ठूलो समस्याका रुपमा देखा परेको यो रोग बोकेर अस्पताल पुगेका युवालाई चिकित्सकले वास्तविकता बताउदा पनि उनीहरुले विश्वास नगर्ने अवस्था छ ।

के हो योङ हाइपरटेन्सन ?

यो बुझ्नका लागि हामीले रक्तचापबारे जानकारी लिन आवश्यक हुन्छ । रगत पम्प हुने क्रममा मुटुबाट धमनीहरुमा जाने क्रममा जुन चाप उत्पन्न हुन्छ त्यसलाई नै रक्तचाप अर्थात ब्लड प्रेसर भनिन्छ ।

१२०/८० एमएमएचजीभन्दा कम रक्तचापलाई सामान्य मान्ने गरिन्छ । र, रक्तचाप योभन्दा बढी भएमा यसलाई प्री हाइपरटेन्सन भन्ने गरिन्छ । ४० वर्षभन्दा कम उमेरमै रक्तचापको समस्या भएमा त्यसलाई योङ हाइपरटेन्सन भन्ने गरिन्छ ।

डा. भवानी मानन्धर

हाइपरटेन्सनका प्रकार

खासगरि रक्तचापलाई प्राइमरी र सेकेन्डरी हाइपरटेन्सनको रुपमा छुट्टाउने गर्छौँ ।

शरिरमा कुनै प्रकारको रोग नहुँदानहुँदै पनि रक्तचाप बढेको छ भने त्यसलाई प्राइमरी हाइपरटेन्शनको रुपमा लिइन्छ । र, शरीरमा विभिन्न रोग भएको र रक्तचाप त्यसको लक्षणकौ रुपमा मात्र पनि देखिन सक्छ । त्यसलाई सेकेन्डरी होइपरटेन्सन भनिन्छ ।

सेकेन्डरी हाइपरटेन्सनको मुख्य कारण भनेका हाइपरथाइरोइडिज्म, हाइपोथाइरोडिजम, प्याराथाइरोडिजम, फियोक्रोमोसाइटोमा आदि हुन् । थाइराइड ग्रन्थीले बढी वा कम हर्मोन उत्पादन गर्दा पनि सेकेन्डरी हाइपरटेन्सनको समस्या हुन्छ ।

यसकारण हुन्छ योङ हाइपरटेन्सन

प्राय सेकेन्डरी हाइपरटेन्सनको कारणले युवा अवस्थामै रक्त चापको समस्या हुने गर्छ । कहिलेकाँही रोग विना वा कुनै लक्षण नदेखिइकनै पनि योङ हाइपरटेन्सनको समस्या हुन सक्छ ।

खासगरि अव्यवस्थित जीवनशैली, मोटोपना, शारिरिक व्यायामको कमी, चुरोट रक्सीको सेवनलगायतका कारणले युवाहरु हाइपरटेन्सनको समस्याबाट आक्रान्त हुन्छन् ।

योङ हाइपरटेन्सनको कुनै लक्षण नदेखिन पनि सक्छ । अरु कुनै कारणवस परिक्षण गर्दा मात्र रक्तचाप उच्च भएको थाहा लाग्छ । कतिलाई हात काम्ने, पसिना बढी बग्ने, दुव्लाउनेजस्ता समस्या हुन सक्छन् ।

जटिलता
खासगरि बढी उमेरका मानिसले उच्चरक्तचापको समस्यालाई सहजै लिन सक्छन् । युवा अवस्थामा विरामी परेर आउने मानिसले भने हाइपरटेन्सनलाई सजिलै पचाउन गाह्रो भएको अवस्था छ । २६-२७ वर्षका युवकमा पनि यस्तो समस्या देखिइरहेको छ ।

तर, आफुलाई यस्तो प्रकृतिको समस्या छ भनेर स्वयं विश्वास गर्दैनन् । जसको कारण अधिकांश विरामीले औषधी लिनै मानिरहेका हुँदैनन् ।

उनीहरुले मलाई खास केही भएको छैन, हाइपरटेन्सन हुनै सक्दैन, अहिलेबाटै उच्च रक्तचापको औषधी खादिनभन्ने जस्ता धारणा राख्ने गर्छन् । तर, यसको परिणाम हाइपरटेन्सनकै कारण मुटु, मिर्गौला, आँखामा गम्भीर असर पुर्‍याइसकेपछि मात्र अस्पताल आउने गरेका छन् ।

के गर्ने ?

– रक्तचाप उच्च छ भने चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य परिक्षण गर्न आवश्यक हुन्छ । यस्तो अवस्थामा रगत, पिसाव जाँच, इसीजी, इको, रेनल अल्ट्रासाउन्ड, रेनल आर्टिडप्लरजस्ता परिक्षण गर्नुपर्छ ।

– स्वास्थ्य परिक्षणको क्रममा रोगको कारण पत्ता लगाउन सकियो भने उच्च रक्तचापसँगै मुख्य रोगको पनि उपचार गर्नुपर्छ । यदि अरु कुनै रोग पत्ता नलागेको अवस्थामा पनि औषधी भने सेवन गर्न जरुरी हुन्छ ।
– यदि औषधी सेवन गर्न हिच्कीच्याएको अवस्थामा पछि मुटु, मिर्गौला, आँखालगायतमा गम्भीर समस्या उत्पन्न हुन सक्छ ।

– हाइपरटेन्सनको समस्यालाई निर्मुल पार्न औषधीमात्रको सेवनले पुग्दैन । औषधीसँगै स्वस्थ जीवनशैली अपनाउन पनि जरुरी हुन्छ । तौल नियन्त्रणमा राख्न, नुन र चिल्लो, पिरोलाई कम गर्न पनि उत्तिकै आवश्यक छ ।

मुटुरोग विशेषज्ञ मानन्धरसँग गरिएकाे कुराकानीमा अाधारित

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

कुष्ठरोग : उन्मूलन घोषणा गरेको वर्षौं बित्यो, अझै किन छ नेपालमा ?

कुष्ठरोग : उन्मूलन घोषणा गरेको वर्षौं बित्यो, अझै किन छ नेपालमा ?

वृद्ध क्यान्सर बिरामीका लागि नेपाल कति तयार छ ?

वृद्ध क्यान्सर बिरामीका लागि नेपाल कति तयार छ ?

औषधिजन्य दन्त मञ्जनहरू खुला बजारबाट बिक्री गर्न रोक्नुपर्ने माग

औषधिजन्य दन्त मञ्जनहरू खुला बजारबाट बिक्री गर्न रोक्नुपर्ने माग

अस्पतालको मुटु नर्स : जिम्मेवारी धेरै, चर्चा कम

अस्पतालको मुटु नर्स : जिम्मेवारी धेरै, चर्चा कम

डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त

डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त

गर्भावस्थामा हुने तनावले बच्चालाई प्रभाव पार्छ ?

गर्भावस्थामा हुने तनावले बच्चालाई प्रभाव पार्छ ?