+
+
Shares

नेपालले चीनलाई उपहार दिएका सबै गैंडा स्वस्थ, पार्कमा राखियो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २७ गते ८:१९

२७ कात्तिक, काठमाडौं । नेपालले उपहारस्वरुप दिएको दुई जोडी गैंडालाई चीनले तोकिएको स्थानमा राखेको छ । भद्र र रुपसीको जोडीलाई ग्वान्झाओको चिमिलोङ सफारी पार्कमा तथा सोल्टी र मितिनीलाई साङ्घाई वाइल्ड एनिमल पार्कमा राखिएको हो ।

‘नेपालले चीनलाई दिएका सबै गैंडा स्वस्थ छन्, उनीहरुलाई क्वारेन्टाइनमा राखेपछि सम्झौतामा उल्लेख भएअनुसार तोकिएको स्थानमा राखिएको जानकारी चीनले दिएको छ,’ राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले अनलाइनखबरसँग भने ।

त्यसअघि ती गैंडाहरुलाई ४५ दिनसम्म क्वारेन्टाइनमा राखिएको थियो ।

गत असार २८ गते एक सिंगे गैंडाको जोडी भद्र र रुपसी चीनलाई हस्तान्तरण गरिएको थियो । गैंडाको अर्को जोडी सोल्टी र मितिनीलाई साउन ३२ गते चीनलाई हस्तान्तरण गरिएको थियो । दुवै जोडी गैंडालाई हवाईजहाजमा राखेर चीन लगिएको थियो ।

२०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्

अर्को वर्ष गैंडाको गणना

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?