२७ कात्तिक, काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलोमा परी मृत्यु हुनेको संख्या ४२ पुगेको भने २२८ जना हराइरहेका छन् ।
गत विहीबारदेखि सुरु भएको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । अधिकारीहरुका अनुसार धेरैजसो मृतकहरुको शव डढेलोको कारण ध्वस्त भएको शहर प्याराडाइजमा प्राप्त भएको छ ।
आगलागीको कारण ७ हजार भन्दा धेरै संरचनाहरु ध्वस्त भएको र १५ हजार भन्दा धेरै संरचनाहरु अझै जोखिममा रहेका छन् ।
यो डढेलोलाई सन् १९३३ मा ग्रिफिथ पार्कको विपत्तिपछिकै विध्वंशकारी मानिएको छ । त्यतिखेर त्यतिखेर ३१ जनाको मृत्यु भएिको थियो ।
यसैगरी दुई लाख पचास हजार भन्दा धेरै मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको जनाइएको छ ।
ब्युट काउन्टीका सेरिफ कोरी होइनले सोमबार बेलुका एक पत्रकार सम्मेलनमा मृत्यु भएका र बेपत्ता भएका मानिसहरुको आधिकारिक संख्या पुष्टि गरे ।
धेरैजसो शवहरु कारभित्रै जलेको अवस्थामा भेटिएको जनाइएको छ । प्याराडाइज र वरीपरीको क्षेत्र आगोको लप्काले क्षतविक्षत बनाएको छ । आगोले ४५ हजार हेक्टर भन्दा धेरै क्षेत्रफल जलाएको छ ।
क्यालिफोर्निया क्षेत्रमा घना जङ्गलनजिकै मानिसहरुको बसोबास भएकोले पनि आगलागीको कारण धेरै क्षति हुने गरेको छ ।
डढेलो लाग्नुको मुख्य कारणको रुपमा जलवायु परिवर्तन र मौसमी अवस्थाको मिश्रणलाई दोष दिइएको छ ।
प्रतिक्रिया 4