२९ कात्तिक, काठमाडौं । नेसन्स लिग फुटबलमा बिहीबार राति साढे १ बजे स्पेन र क्रोएसियाबीच खेल हुँदै छ ।
स्पेनका प्रशिक्षक लुइस इनरिकले आफूले राष्ट्रिय टिम सम्हालेपछिको सबैभन्दा महत्वपूर्ण खेल क्रोएसियाविरुद्ध नै रहेको बताएका छन् ।
‘मेरो लागि टिम सम्हालेपछि यो पहिलो महत्वपूर्ण खेल हो । हामीले जित्यौं भने छनोट हुने छौं । जितेनौं भने बाटो अझै लम्बिने छ’ उनले भने ।
यदि बिहीबार राति स्पेनले क्रोएसियालाई हराएमा नेसन्स लिगमा अन्तिम चारमा स्पेन छानिने छ । स्पेनले समूहको तीन खेलमा दुई खेल जितिसकेको छ ।
स्पेनले पहिलो खेलमा इंग्ल्याण्डलाई २–१, दोस्रोमा क्रोएसियालाई ६–० ले हराएको थियो । तेस्रो खेलमा इंग्ल्याण्डसँग नै ३–२ ले हारेको स्पेन बिहीबार क्रोएसियासँग चौथो खेल खेल्दै छ ।
दुई/दुई खेल खेल्दा स्पेन ६ अंकसहित समूहको शीर्षमा, इंग्ल्याण्ड ४ अंकसहित दोस्रोमा र क्रोएसिया १ अंकसहित पुछारमा छ ।
युरोपियन फुटबलको प्रशासकीय निकाय युईएफमा आबद्ध देशबीच हुने यो प्रतिस्पर्धा यसै वर्षबाट सुरु भएको हो ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4